- इनरुवा ,असार १८ गते बिहीबार ।
सुनसरी प्रहरीले इनरुवा नगरपालिका ३ महेन्द्रचौकबाट लागुऔषधसहित दुई जना युवालाई पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रणका लागी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको लागु औषध नियन्त्रण ब्युराले विशेष सुचनाका आधारमा इनरुवा ३ महेन्द्रचौकमा चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा लागुऔषध लिएर हिडेका दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरीले बुधवार बिहान साढे ११ बजे इनरुवा १० का ३० वर्षीय मोहम्मद अलाउदिन र सोही स्थानका २५ वर्षीय अक्तर आलमलाई को १० प १९९ नम्बरको मोटर साइकलमा सवार रहेका दुवै जनालाई नियन्त्रणमा लिई चेक जाँच गर्दा उनीहरूको साथबाट डाईलेक्स डिसी १० बोतल र स्पास्मो प्रोक्सिभन ११४ क्याप्सुल फेला पारी बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुबैजनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट कानुनी कारबाही अगाडी बढाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !