- काठमाडौं ,असार १६ गते मंगलवार ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटीको बैठकमा सरकार ढाल्न खोजिएको विषयको अभिव्यक्तिबारे जानकारी दिन माग गरेका छन्। बैठकमा बोल्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमले सरकार ढाल्न खोजिएको बिषयमा जवाफ माग गरेका हुन्।
प्रधानमन्त्री केपी ओलीले सरकार ढाल्न लागेकाे भनेर अभिव्यक्ति दिएपछि बैठकमा प्रमाणसहित स्पष्ट रुपमा राख्न नेताहरुले माग गरेका छन्। प्रधानमन्त्रीले असार १४ गते सिमा नेपाल भारत सिमा विवादको बिषयलाई लिएर सरकार ढाल्न रणनीति भइरहेको बताएका थिए।
सरकारलाई हटाउने नाममा काठमाडौंका होटल र दूतावासहरुले गतिविधि बढाएको प्रधानमन्त्रीले दाबी गरेका थिए। उनले आफ्नो चर्को आलोचनामा उत्रिएका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वरिष्ठ नेता माधवकुमार नेपालतर्फ लक्षित गर्दै यस्तो भनेका थिए। तर, बैठकको सुरुमा अध्यक्ष दाहालले त्यस विषयमा स्पष्ट धारणा राख्न माग गरेका छन्।
त्यसपछि बोलेका वरिष्ठ नेता झलनाथ खनालले पनि सोही आशयको भनाइ राखे। स्थायी कमिटी बैठकमा बोल्दै वरिष्ठ नेता खनालले सरकार ढाल्न भारत सक्रिय रहेको भनाइ गम्भीर रहेकोले यसबारे प्रष्ट पार्न माग गरे। उपाध्यक्ष वामदेव गौतमलेले पनि प्रधानमन्त्रीले सरकार नै ढाल्ने गरी कस-कसले सक्रियता बढाएको हो? दूतावासका को-को सक्रिय भए बैठकमा बताउनुपर्ने बताए।
फेसबुकबाट तपाईको प्रतिक्रिया !