Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

किन असफल हुन्छन् प्रहरी महानिरीक्षक ?

  • काठमाडौं ,असार १६ गते मंगलवार ।

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली थोरै भाग्यमानी प्रहरी प्रमुखमध्ये हुन् जसले यो पदमा पुग्न धेरै चलखेल गर्नु परेन । इन्सपेक्टरमा वैकल्पिकमा नाम निकालेर पनि उनी प्रहरीको सर्वाेच्च पदसम्म पुग्न सफल भए ।

ज्ञवालीले यति महत्वपूर्ण अवसर पाएपनि उनको कार्यकाल उल्लेखनीय भने हुन सकेन । पूर्व प्रहरी महानिरीक्षकको सूचीमा फोटो झुन्ड्याएर उनी आगामी साता मुख्यालयबाट बिदा हुनेछन् । तर, प्रहरी संगठनमा त्यही फोटो झुन्ड्याउनेबाहेक सम्झने लायक काम उनले छाडेर जान सकेनन् । उनको छोटो कार्यकाल करिब पाँच महिनाको अवधिमा कुनै उपलब्धिमूलक काम हुन सकेन । बरु सरुवा बढुवामा राजनीतिक दबाब थेग्न नसकेको र काबिल अधिकृतमाथि अन्याय गरको आरोप उनीमाथि लाग्यो ।

त्यसो त उनको कार्यकाल लगभग लकडाउनमै बित्यो । त्यसकारण नियमित पुलिसिङबाहेक अन्य काम गर्न सक्ने अवस्था पनि भएन । प्रहरी महानिरीक्षकको मूल्याङकन मुख्यत उनले गर्ने बढुवा र सरुवाबाट हुन्छ । त्यसमा महानिरीक्षक ज्ञवालीको भूमिका कमजोर देखियो । नेताहरुलाई खुशी बनाउने प्रहरी अधिकारीहरु संगठनमा हाबी भए भने व्यावसायिक अधिकृतहरु उनको कार्यकालमा पनि निराश भए ।

संगठनमा इमान्दार छवि बनाएका ज्ञवालीले योग्य प्रहरी अधिकारीका लागि अडान लिने धेरैले अपेक्षा गरेका थिए । तर, त्यसो हुन सकेन । उनले एआईजीदेखि इन्सपेक्टरसम्मको बढुवा गरे । तर, सबै बढुवामा राजनीतिक शक्तिकेन्द्रहरु हाबी भए । सरुवामा पनि त्यस्तै देखियो । प्रहरीका सेवा सुविधामा पनि उनले ठूलो लबिङ हुन सकेन ।

अधुरै निर्मला प्रकरण

ज्ञवालीले निर्मला पन्त प्रकरणलाई टुंगोमा पु¥याउने अपेक्षा धेरैले गरेका थिए । महानिरीक्षक भएलगत्तै उनले यो प्रकरणलाई टुंगाउने भनेर अन्तर्वाता पनि दिए । तर,लगत्तै लकडाउन सुरु भएपछि प्रहरीको प्राथमिकता फेरियो । लकडाउनमै उनले अवकाश पाउने भएका छन् । उनको वाचा पनि अधुरै रह्यो ।

एसएसपी हुँदा उनी सीआइबीमा थिए । सीआइबीबाट उनी सो घटनाको छानबिनमा स्थलगत रुपमा कञ्चनपुर खटिएका पनि थिए । प्रहरीले कहाँ गल्ती ग¥यो र यसलाई कसरी निक्र्याैलमा पु¥याउनुपर्छ भन्ने जानकारी भएकाले यसमा उनले केही बोल्ड डिसिजन गर्ने धेरैको आँकलन थियो । तर, परिस्थितिले उनलाई साथ दिएन । जसकारण सर्वेन्द्र खनालको नेतृत्व क्षमताको अभावले जेलिएको निर्मला प्रकरण अधुरै रहने भयो ।

किन कमजोर हुन्छन् महानिरीक्षक ?

नेपाल प्रहरीमा सबै जसो प्रहरी महानिरीक्षकहरु असफल भएका छन् । पछिल्ला वर्ष महानिरीक्षक झन्–झन् कमजोर हुँदै गएको देखिन्छ ।

रमेशचन्द ठकुरीलाई भ्रष्टाचार मुद्दा लागेपछि आइजिपी भएका रवीन्द्रप्रसाद शाहले अपेक्षाभन्दा राम्रो काम गरे । उनको कार्यकालमा सरुवामा व्यवसायिक प्रहरी अधिकृतहरुले अवसर पाए ।

त्यसपछि महानिरीक्षक भएका कुबेरसिंह रानाबाट धेरै निराश भए । रानाले अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लाग्यो । सरुवा बढुवामा निष्पक्ष हुन नसकेको आरोप लाग्यो । रानापछि प्रहरी महानिरीक्षक बने उपेन्द्रकान्त अर्याल । सुरुमा उनले राम्रै काम गरेपनि उनका पछिल्ला निर्णयहरु विवादास्पद रहे । कहिले गृह त कहिले अख्तियारको पेलाईमा उनी परे । प्रकाश अर्यालको कार्यकाल पनि विवादमुक्त हुन सकेन । सर्वेन्द्र खनालमाथि पनि अनियमितता र चरम गुटबन्दीको आरोप लाग्यो । ज्ञवाली पनि सफल महानिरीक्षकमा पर्न सकेनन् ।

यसरी महानिरीक्षकहरु कमजोर बन्नुमा आइजिपी नियुक्तिमा हुने चलखेल नै प्रमुख कारण हुन्छ । क्षमताको आधारमा भन्दा आर्थिक चलखेल र राजनीतिक निकटताका आधारमा नियुक्ति हुने भएकाले संगठनमा सत्तापक्ष सधैं हाबी हुन्छ ।

अर्काेतर्फ प्रहरीमा पनि गुटबन्दी हुँदा महानिरीक्षक कमजोर बन्दै गएका छन् । हरेक आइजिपीहरु आफ्ना ब्याचमेटबाटै पीडित हुने गरेका छन् । जसकारण आफु हट्नसक्ने चिन्ताले पनि उनीहरु नेताहरुको सिफारिस अस्वीकार गर्न सक्दैनन् । आफ्नो पद जोगाउने नाममा प्रहरी महानिरीक्षकहरुले संगठनमाथि अन्याय गर्दै आएका छन् ।

अब नयाँ प्रहरी महानिरीक्षकको नियुक्त भए पनि संगठनको अवस्था भने उस्तै हुने प्रहरी अधिकारीहरु बताउँछन् । आफ्नो प्रतिस्पर्धीलाई समेत विश्वासमा लिएर व्यक्तिगत स्वार्थ त्यागेर नेतृत्वलाई साथमा लिएर महानिरीक्षक अघि बढ्न सके मात्र सफल हुने प्रहरी अधिकारीहरु बताउँछन् ।

लकडाउनमा पनि रोकिएन प्रहरीमा भ्रष्टाचार

लकडाउनको समयमा पनि प्रहरीभित्र बेथिती बढ्दै गएको छ । पछिल्लो साता मात्र तीन जना इन्सपेक्टर पक्राउ परेका छन् । दुई जना भने प्रहरीकै आन्तरिक संयन्त्रको फन्दामा परेका थिए ।

महानगरीय प्रहरी परिसर ललितपुमा कार्यरत इन्सपेक्टर रुद्र शाही लागूऔषध कारोबारको आरोपमा पक्राउ परे । लागूऔषध नियन्त्रण ब्यूरोले उनलाई पक्राउ ग¥यो । उनी लामो समयदेखि लागूऔषध कारोबारमा संलग्न देखिएका छन् । उनी आफैं पनि दुव्र्यसनी भएको खुलेको छ । लकडाउनको समयमा तराईमा गएर उनी आफैं लागूऔषध लिएर आउने गर्दथे । इन्सपेक्टर जस्तो पदमा रहेको व्यक्ति आफैं लागूऔषध ओसारपसारमा संलग्न भएको घटनाले प्रहरीको बर्दीमा दाग लाग्यो ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत इन्सपेक्टर प्रकाशसिंह कार्की ५० हजार रुपैयाँ घुससहित पक्राउ परे । मुद्दा मिलाइदिने भन्दै वकिल हिमालय बिक्रम बिष्टमार्फत घुस लिएका थिए । अख्तियार दुरुपयोग अनुसनन आयोगको टोलीले उनलाई पक्राउ गरेको हो ।

६ असारमा इलाका प्रहरी कार्यालय भिमफेदीका इन्चार्ज रहेका इन्सपेक्टर रामबालक राय घुससहित पक्राउ परेका थिए । प्रदेश प्रहरी कार्यालयको टोलीले उनलाई घुससहित पक्राउ गरेको थियो । स्थानीय व्यापारी दुर्गा लामासँग उनले १२ हजार रुपैयाँ घुस लिएका थिए ।

त्यस्तै काठमाडौंका दुई प्रहरी हुन्डी व्यापारीलाई लुटेको आरोपमा पक्राउ परेका छन् । हवल्दार धिरेन बिष्ट र बिक्रम चन्दले न्यूरोडका एक व्यापारीसँग १० लाख लिएको खुलेपछि उनीहरु पक्राउ परेका हुन् । उनीहरु विगतमा घुमुवा प्रहरीका रुपमा कार्यरत थिए । उनीहरुलाई काठमाडौं परिसरले चोरी मुद्दामा कारबाही गरेको छ । अन्य घुुमुवाहरुलाई कारबाही स्वरुप हटाइएको छ ।

प्रदेश नम्बर २ का केही घुस्याहा प्रहरीहरु पनि हालै निलम्बनमा परेका छन् । प्रदेश प्रहरी कार्यालय जनकपुरले असईद्वय ललित शाह र संजिव कुमार झा तथा जवान दिनेश हजारालाई निलम्बन गरेको हो ।

प्रहरी चौकी औराहा रौतहटका कार्यरत असई ललित शाहले हुन्डी कारोबारमा संलग्नलाई सहयोग गरी आर्थिक लाभ लिएको तथा संजीव कुमार झाले पटक पटक चेतावनी दिदां पनि आचरण सुधार नगरेको प्रहरीले जनाएको छ ।

यसरी बारम्बार प्रहरी अधिकारीहरु अनियमिततमा संलग्न हुँदा प्रहरीको छवी बिग्रदै गएको छ । यसले प्रहरीका हाकिममाथि पनि प्रश्न उठेको छ । प्रहरी प्रधान कार्यालयका एक अधिकारी भने यस्ता घटनाले गल्ती गर्ने कोही जोगिदैनन् भन्ने सन्देश पनि गएको बताउँछन् । ‘प्रहरीले आफ्नै इन्सपेक्टर हत्कडी लगाएको छ, घुस खाने समेत समातिएका छन्,’ ती प्रहरी अधिकारी भन्छन्,‘प्रहरी नेतृत्वले शून्य सहनशीलता अपनाएकाले नै उनीहरु नजोगिएका हुन् ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh