- विराटनगर ,असार १५ गते सोमबार ।
निर्माणमा चरम लापरवाही गरिएका कारण विराटनगर वडा नम्बर -१० स्थित पिपलचौकमा रोकेर राखेकै ठाँउमा टिपर भासिएको हो । सडकमा रोकेर राखेको को १ क ३१७२ नम्बरको टिपर सोमबार साँझ सडकमा भासिएको छ ।

विराटनगर महानगरपालिकासँग आशिष निर्माण सेवा कम्पनीले सम्झौता गरि सडक निर्माण गरेको थियो । निर्माणमा कमसल सामाग्री प्रयोग गरिएका कारण टिपरको वजन थेग्न नसकेपछि चक्का भासिएको थियो । चालक टेकबहादुर बोहराका अनुसार केहिबेरका लागि रोकिएको टिपर एकाएक सडकमा भासिएको थियो ।

निर्माण कम्पनि आषिश निर्माण सेवाका साईड इन्जिनियर मदन भट्टराइले के कारणले भासियो भन्ने कुरा निरीक्षण गरेपछि मात्रै भन्न सकिने बताएका छन् । निर्माण सामाग्री बोकेर आएको टिपरको सडकको केन्द्रभागतर्फको पछाडीको चक्का भासिएपछि स्थानीय समेत त्रसित बनेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !