कृष्णा यादब
वीरगंज १५ अषाढ
इलाका प्रहरी कार्यालय प्रसौनी बाराले अबैध रुपमा लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय प्रसौनी र मुशहार्वाको सयुक्त टोलीले विशेष सुचनाको अधारमा बाराको बिश्रामपुर गाउँपालिका वडा नं.५ स्थित सिचाईको नजिकबाट भारतबाट ना १० प ९१०२ नम्बरको मोटरसाईकलमा बोकी ल्याएको अवैध लागू अौषध सहित २ जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक अोम यादबले बताउनुभयो।
ईलाका प्रहरी कार्यालय प्रसौनीले १९२ थान नुर्फिन
लगाएतका लागू अौषध सहित अवैध लागु औषध बोकेको मोटरसाइकल ना १० प ९१०२ नम्बरको मटरसाइकल नियन्त्रणमा लिएको छ ।
अवैध लागु अौषध सहित पक्राउ पर्ने घर जिल्ला पर्सा बिरगंज म.न.पा.वडा न.१२ मुर्ली बस्ने अ.बर्ष ४५ को बाबुलाल साह कानु र ऐ.ऐ.वडा न.११ श्रीपुर बस्ने अ.बर्ष ४६ को श्रीकान्त ठाकुर लाई पक्राउ गरि थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक अोम यादबले बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !