- दाङ,असार १५ गते सोमबार ।
दाङको एक निजी अस्पतालमा छातीको एक्सरे गर्न पुगेकी १९ वर्षकी युवतीलाई पुरै कपडा खोल्न लगाएको आरोपमा एक स्वास्थ्यकर्मी सोमबार पक्राउ परेका छन् ।
घोराही स्थित गोरखा हस्पिटलमा रेडियो ग्राफिक्स पदमा कार्यरत बबई गाउँपालिका वडा नम्बर ५ का २२ वर्षीय नवराज डाँगीलाई पीडित महिलाको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी सुमित खड्काले जानकारी दिए । ‘छातीको एक्सरे गर्नु पर्नेमा कम्मर मुनिको समेत सबै कपडा खोल्न लगाई नाङ्गै बनाएर एक्सरे गरेको भन्ने जाहेरीका आधारमा डाँगीलाई पक्राउ गरेका हौं’, उनले भने, ‘घटनाको बारेमा अनुसन्धान भैरहेको छ ।’
आइतबार एक नव विवाहित महिला छातीको एक्सरे गर्न अस्पताल पुगेको समयमा डाँगीले ती युवतीलाई संवेदनशील अंग पनि छोप्न नदिई पुरै कपडा खोल्न लगाएर एक्सरे गरेको आरोप लागेको हो । उक्त घटनाको अनुसन्धानका लागि वडा प्रहरी कार्यालयले डाँगीलाई जिल्ला प्रहरी कार्यालय पठाएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !