- जनकपुर,असार १४ गते आइतबार ।
प्रदेश २ मा प्रदेश सञ्चार विधेयक सर्वसम्मत पारित भएको हो ।
झण्डै दुई वर्ष पहिले प्रस्तुत भएको विधेयक प्रदेशसभाबाट शनिबार पारित भएको हो । प्रदेश सरकारले सदनमा प्रस्तुत गरेको सञ्चार विधेयकमाथि संचारकर्मीहरुले विरोध जनाएपछि केही दफामा संशोधन गर्दै संचार विधेयकलाई पारित गरिएको छ।
प्रदेश सरकारले शुरुमा ल्याएको विधेयकमा गलत सूचना प्रवाह गर्ने संचारमाध्यम तथा संचारकर्मीलाई ५० लाखदेखि १ करोडसम्म जरिवाना गर्ने प्रावधान समेटिएको थियो । उक्त व्यवस्थाको चौतर्फी आलोचना भएपछि केही धारामा संशोधन तथा केही धाराहरु नै हटाइएको आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिनु भयो ।
विधेयकबाट ५० लाखदेखि १ करोडसम्म जरिवानाको व्यवस्थालाई हटाएर १० देखि २० हजारसम्म जरिवाना कायम गरिएको मन्त्री यादवले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !