Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

चीनसँगको सीमा सुरक्षामा सशस्त्र प्रहरी,दक्षिणमा सीमित सशस्त्र अब उत्तरी सीमामा पनि सक्रिय

  • काठमाडौँ,असार १४ गते आइतबार ।

सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलको जनशक्ति भारतीय सीमा क्षेत्रमा मात्रै केन्द्रित थियो । नेपालको तीनतिर भारतीय सीमा रहेका कारण अहिलेसम्म सशस्त्र प्रहरीले भारतसँग सीमा जोडिएका क्षेत्रहरूमा आफ्नो सुरक्षा केन्द्रित गरेको थियो । चीनसँगको सीमा हिमालीक्षेत्र परेका कारणले पनि धेरै विवाद नहुने र जनशक्ति खटाउँदा खटिँदासमेत असहज अवस्था हुने भएपछि यसअघि सशस्त्रको जनशक्ति चीनसँगको सीमामा खटिएको थिएन । तर, अहिले आएर सशस्त्र प्रहरी बलले भने चीनसँगको सीमामा पनि आफ्नो उपस्थिति देखाएको छ ।

खासगरेर दार्चुलामा नेपाली भूमि अतिक्रमण गरी भारतले चीनसँग जोड्ने सडक निर्माण गरेपछि उत्पन्न विवादपछि सशस्त्र प्रहरी बल दार्चुलाको दुर्गम छाङ्गरुमा आफ््नो बिओपी स्थापना गरेको थियो । यही बिओपीको स्थापनासँगै सशस्त्र प्रहरीले चीनसँगको सीमा सुरक्षाको निगरानी र सीमा क्षेत्रमा गस्ती पनि गर्न थालेको छ । दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरुमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टमा खटिएका सशस्त्र प्रहरीले नेपाल–चीन सीमाको १ नम्बर पिलरसम्म गस्ती सुरु गरिसकेको छ ।

गतवैशाख ३१ गते व्यासको छाङ्गरुमा खटिएको सशस्त्र प्रहरी एक महिनापछि नेपाल–चीन सीमाको १ नम्बर पिलरसम्म पुगेको हो । छाङ्गरुमा सशस्त्र प्रहरीको निरीक्षकको कमाण्डमा २५ जनाको टोली रहेको छ । उक्त टोलीले पहिलो पटक सीमा पिलरसम्म गस्ती बढाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वार्टर दार्चुलाका डिएसपी दीपक विष्टले सञ्चारकर्मीलाई जानकारी दिएका थिए ।

अहिले सो बिओपीमा सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्द नेतृत्वमा टोली रहेको र सोही टोलीले १ नम्बर पिलरसम्मको गस्ती गरेको हो । सोही सीमाक्षेत्रको र बिओपीको निरीक्षण गर्न गतअसार ३ गते प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल छाङ्गरुस्थित बीओपीको निरीक्षण गर्न पुगेका थिए । यसैगरी चीनसँगको सीमा रेखदेखकै क्रममा सशस्त्र प्रहरी बलले अन्य ठाउँमा पनि बिओपीको स्थापनासँगै आफ्नो गस्ती बढाएको छ । संखुवासभाको किमाथांका र मुस्ताङको लोमान्थाङमा बोर्डर आउट पोष्ट (बीओपी) यसअघि नै राखिसकेको भए पनि हुम्लाको हिल्सा नाकामा भने पछिल्लो पटक बीओपी स्थापना गरेको हो ।

नाम्खा गाउँपालिका– ५, हिल्सामा पहिलो पटक औपचारिक कार्यक्रम गरेर सशस्त्रको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको हलचोक मुख्यालयले जानकारी दिएको छ । सशस्त्र प्रहरी बलको सुर्खेतस्थित ६ नम्बर महेश्वरी बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआइजी) प्रजाभक्त श्रेष्ठले उक्त बीओपीको औपचारिक उद्घाटन गरेका थिए । बीओपीमा सशस्त्र प्रहरी बलको हुम्लास्थित ४४ नम्बर गुल्मका इन्स्पेक्टरको नेतृत्वमा २५ जनाको टोली राखिएको छ । यसअघि गतजेठ ११ मा हुम्लाबाट इन्स्पेक्टर मोहन विष्टको नेतृत्वमा २५ जनाको टोली हिल्सा पुगेको थियो । बीओपीले सीमा सुरक्षासँगै आपराधिक र गैरकानुनी गतिविधिको पनि निगरानी गरिरहेको छ ।

आफ्नो भवन नभएका कारण भाडामा लिएर बिओपी सञ्चालनमा रहेको छ । बिओपीका लागि जग्गाको व्यवस्थापन गरेर भवन निर्माण गरिने डिआइजी श्रेष्ठले जानकारी दिएका छन् । अब सशस्त्र प्रहरीले ताप्लेजुङको ओलाङ्चुङगोलामा पनि बीओपी राख्ने तयारी गरिरहेको सशस्त्रका प्रवक्ता प्रविणकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

त्यसैगरी दाङ जिल्लाका हकमा पनि सशस्त्र प्रहरीले सीमा क्षेत्रको ९ स्थानमा आफ्नो उपस्थिति देखाएको छ । एक वर्षअघिसम्म दाङको नेपाल–भारत सीमामा एउटा मात्रै सशस्त्र प्रहरीको क्याम्प थियो । जबकि दाङ जिल्लामा मात्रै नेपाल–भारत सीमा क्षेत्र ८३ किलोमिटर पर्दछ । लकडाउनका बेला सीमा क्षेत्रबाट संक्रमितहरू लुकिछिपी नेपाल भित्रन सक्ने र प्रकोप बढ्न सक्ने भन्दै सशस्त्रले सीमा क्षेत्रमा थप सुरक्षा पोष्टहरू तैनाथी गरेको हो । कोयलावासपछि अहिले सुनपथरीसहितका ९ स्थानमा अस्थायी पोष्टहरू खडा गरी सशस्त्र प्रहरी खटिएका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

4 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh