- बाँकें,असार १३ गते सनिवार ।
किोभिड–१९ का कारण विश्व मानव समूदाय सास्ति भोगिरहेको सन्दर्भमा प्रेस सेन्टर नेपालले जोखिममा कलम चलाउने पत्रकारहरुलाई सहायता पुर्याउन देशव्यापी अभियानका रुपमा छलफल तथा सुरक्षा सामाग्रीहरु वितरण सञ्चालन गरिरहेको छ ।
जेष्ठ अन्तिम साता काठमाडौं सञ्चारग्रामस्थित नेपाल पत्रकार महासंघको सभाहलमा प्रेस सेन्टर नेपालले एक कार्यक्रमबिच शुरु गरेको पत्रकार छलफल तथा सुरक्षा सामाग्री वितरणको देशव्यापी (मेची–महाकाली) कार्यक्रम बाँकेको नेपालगञ्जमा समेत सम्पन्न भएको छ ।
प्रेस सेन्टर नेपाल केन्द्रीय समितिद्धारा गत ५ गते शुक्रबार नेपालगञ्जको धम्बोजिस्थित होटेल पिस प्लाजामा आयोजित कोरोना नियन्त्रणमा पत्रकारको भूमिका विषयक छलफल कार्यक्रमबिच बाँकेका करिब एक दर्जन पत्रकारहरुलाई प्रेस ज्याकेट, माक्स, पञ्जा लगायत विभिन्न सामाग्रीहरु वितरण गरिएको हो ।
बाँकेका विभिन्न सञ्चारमाध्यमहरुका कार्यरत पत्रकारहरु जो कोरोनाको जोखिमका समेत सक्रिय रुपमा फिल्ड रिपोर्टिङमा निस्कने गरेका छन् उनीहरुलाई काममा निस्दा सहजताका लागि ति सामाग्रीहरु वितरण गरिएको प्रेस सेन्टर नेपालले जनाएको छ ।
प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संगठनका प्रदेश पाँचका अध्यक्ष दिनेश कुमार श्रीवास्तवले सञ्चालन गरेका थिए । कार्यक्रममा संगठनको काठमाडौं अध्यक्ष प्रविन लिम्बु, समाजसेवी युवा इन्जिनियर धिरज तामाङ लगायतको आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रममा बाँकेका क्रियाशिल पत्रकारहरु अजय पाठक, भगतराम थारु, प्रेरणा खड्का, अवनिश पाठक, गोमा बिसी, सम्झना मगर लगायत सहभागि रहेका थिए । उक्त कार्यक्रममा सहमागि पत्रकारहरुले कोरोना नियन्त्रणको लागि फिल्डमा खटिने पत्रकारहरुले बढि जोखिम लिएर काम गर्नुपर्ने अवस्था रहेपनि राज्यले त्यसमा ध्यान नदिएको विषयवस्तु राखेका थिए ।
कार्यक्रममा प्रेस सेन्टर नेपालका अध्यक्ष जैसी, संगठनका प्रदेश अध्यक्ष श्रीवास्तव र संगठनलाई सामाग्री संकलनमा सहायता गर्ने युवा, इन्जिनियर धिरज तामाङ लगायतले सहभागि पत्रकारहरुलाई ति सामाग्रीहरु वितरण गरेका थिए ।
कार्यक्रमको विषयवस्तुबारे बोल्दै प्रेस सेन्टर नेपालका अध्यक्ष जैसीले संगठनको देशव्यापी कार्यक्रमको अवस्थामा विभिन्न संस्था, सहयोगी मनका व्यक्ति र संगठनका नेता, कार्यकर्ताहरुको सहयोग प्राप्त भएको भन्दै सबैलाई सहयोगप्रति आभारसहित धन्यवाद ज्ञापन गरेका थिए ।
त्यसैबिच अध्यक्ष जैसीले वितरण सामाग्री संकलनको क्रममा सहायता गर्ने युवा इन्जिनियर तामाङलाई कार्यक्रमबिच सम्मान गर्दै धन्यवाद ज्ञापन गरे । उनले सबैको साथ र सहयोगबाट मात्र समाजमा सकारात्मक कार्य सम्भव हुने बताएका थिए ।
उनले कोरोना नियन्त्रणको सन्दर्भमा सुरक्षा निकाय, चिकित्सा क्षेत्र र पत्रकारीता क्षेत्र अग्रपंक्तिमा रहेर काम गरिरहेको भएपनि राज्यले अन्य क्षेत्रको तुलनामा सञ्चार क्षेत्रका समस्यामा ध्यान नदिएको भन्दै त्यसतर्फ सचेत बन्न आग्रह गरेका थिए ।
उनले पत्रकारहरुलाई विसम स्थितिमा परिचयपत्रदेखि जोखिममा काम गर्दा स्वास्थ्य सुरक्षा सामाग्री देखि उपचारसम्मको भय रहेको भन्दै त्यसको लागि राख्यले उचित व्यावस्थापन गर्न नसकेको भन्दै आलोचना समेत गरे ।
उनले सरकारले अघि सारेका कार्यक्रममा समेत पक्षपातपूर्ण व्यवहार गरिएको र वास्तवमा फिल्डमा खटिने पत्रकारहरु ति सेवा, सुविधा र कार्यक्रमबाट बञ्चित हुनुपरेको बताए । उनले आम पत्रकारहरुको समस्यामा नेपाल पत्रकार महासंघले बोल्नुपर्ने भन्दै प्रेस सेन्टर नेपाल आम पत्रकारहरुको दुख, सुखमा सँगसँगै रहेको र आफ्नो ठाउँबाट पहल गरिरहेको बताए ।
उनले कोरोना विरुद्धको लडाईमा उच्च सुरक्षा सतर्कता अपनाउँदै नागरिकलाई सत्य, तथ्य र सकारात्मक सन्देश दिने खालका समाचारहरु सम्प्रेषण गर्नका लागि सबै पत्रकारहरुलाई सुझाव समेत दिएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !