- काठमाडौं ,असार १३ गते सनिवार ।
नेपालमा थप ५ सय ५४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ५ सय ५४ जना संक्रमित थपिएका हुन् ।
योसंगै नेपालमा संक्रमितको कुल संख्या १२ हजार ३ सय ९ पुगेको छ । मन्त्रालयका अनुसार कोशी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा उदयपुरका ७ जना, ईलामका ५ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै विराटनगर प्रयोगशालामा मोरङका २ जना, जनकपुर प्रयोगशालामा धनुषाका ३ जना, महोत्तरीका ३० जनामा संक्रमण देखिएको छ । नारायणी अस्पताल बीरगञ्जमा पर्साका २ जनाका कोरोना पुष्टि भएको छ ।
त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा अछामका १३ जना, अर्घाखाचीँका १६, बैतडीका २४, बझाङका ४, बाजुराका ४, बाराका ८, डडेल्धुराका ८, धादिङका ३, डोटीका ४६ जना, गुल्मीका ७, जाजगरकोटका १, कैलालीका ८, कञ्चनपुरका ३, कपिलबस्तुका १, पर्साका १ , रसुवाका ९, रौतहटका ३४, सल्यानका १३, सर्लाहीका ६ र स्याङ्जाका ५ जनाको संक्रमण देखिएको छ ।
भरतपुर अस्पताल प्रयोगशालामा चितवनका २ जनामा कोरोना पुष्टि भएको छ । किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा भएको परीक्षणमा नुवाकोटका ६ जना र मकवानपुरका २ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै धुलिखेल अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा बाराका ४ जनामा कोरोना पुष्टि भएको छ । पाटन अस्पताल ललितपुरमा भएको परीक्षणमा पाचँथरका १, काठमाडौँका ४ र भक्तपुरका १ जना संक्रमित थपिएका छन् ।
बीर अस्पताल प्रयोगशालामा भएको परीक्षणमा बझाङका ४ जना र डोटीका ३ जनामा संक्रमण पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पतालमा भएको परीक्षणमा बाजुराका ८२ जना संक्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परिक्षणमा नवलपरासी पुर्वका २ जना थपिएका छन् ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बाग्लुङका ८ जना, स्याङ्जाका २१ जनामा संक्रमण पुष्टि भएको छ । रुपन्देही प्रयोगशालामा भएको परीक्षणमा अर्घाखाचीँका २ जना, पाल्पाका २६, प्यूठानका ४९, रुपन्देहीका ८ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै नेपालगञ्ज प्रयोगशालामा भएको परीक्षणमा बाँकेका २ जना, बर्दियाका ४ जना थपिएका छन् । राप्ती विज्ञान प्रतिष्ठान दाङ प्रयोगशालामा दाङका ३१ जना, कपिलबस्तुका ७ र रोल्पाका १ जनामा कोरोना पुष्टि भएको छ ।
सुर्खेत प्रादेशिक अस्पतालमा भएको परीक्षणमा सुर्खेतका ७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बैतडीका २ जना, डोटीका २५, कैलालीका ६ र कञ्चनपुरका २ जना संक्रमति थपिएका छन् ।
योसँगै देशका ७७ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । त्यस्तै, हालसम्म ६५ हजार ७ सय १२ जना क्वारेन्टाइनमा छन् भने आइसोलसनमा ९ हजार ४ सय ४७ जना छन् । यस्तै, पछिल्लो २४ घण्टामा १ सय ३६ जना विरामी निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या २ हजार ८ सय ३४ पुगेको छ ।
मन्त्रालयका अनुसार मुलुकभर २ लाख १० हजार ८ सय ७६ जनाको पीसीआर र आरडीटीबाट २ लाख ९४ हजार ३४ जनाको परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ६ सय ६ जनाको र आरडीटी विधिबाट ३ हजार ६ सय ८५ जनाको परीक्षण भएको पनि मन्त्रालयले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !