- काठमाडौं ,असार १३ गते सनिवार ।
प्रहरी निरीक्षक (इन्स्पेक्टर) रुद्र बहादुर शाहीसँगै लागुऔषध कारोबारमा एक पाइलट पनि पक्राउ परेका छन् । शाहीसँगै कवि भूपी शेरचनका छोरा पाइलट भूपेश शेरचन पनि पक्राउ परेका हुन् । शेरचन नेपाल एयरलाइन्सका पूर्वपाइलट समेत हुन् । उनले डिप्रेसनमा आफू लागूऔषध कारोबारमा लागेको बताएका छन् ।
काठमाडौँको नक्सालका भूपेश शेरचन र ज्ञानेश्वरका अविनाश थपलियासँगै त्यहाँ पुगेका थिए । उनीहरूको साथबाट मनोद्दिपक लागुऔषध ६६० बोतल, नाइट्राभेट ११४० ट्याब्लेट, स्पास्मो प्रोक्स्भिोन क्याप्सुल ३३० थान र एक लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ।सोही लागुऔषध डिलरका सञ्चालक सन्तोष शाह र उदयपुरको त्रियुगा नगरपालिका ११ बोक्सेका एलिसन बस्नेत पनि पक्राउ परेका छन् ।
तस्करी गिरोहमा इन्स्पेक्टर शाहीको समेत प्रमुख भूमिका देखिएपछि पक्राउ गरिएको थियो । पक्राउ परेका इन्स्पेक्टर शाही आफैँ पनि दुर्व्यसनी हुन् । उनले कारमा राखेर तराईबाट लागू औषध भित्राउने गरेको खुलेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !