- बिनोद महतो – जनकपुर,असार १३ गते सनिवार ।
सलह किरा नेपाल प्रवेश गरेको पुष्टि भएको हो । भारतसँग सीमाना जोडिएको प्रदेश २ का तीन जिल्ला बारा, पर्सा र सर्लाहीमा सहल देखिएको कृषि मन्त्रालयले जनाएको छ । अहिले नेपाल प्रवेश गरेका सलह किरा आठ देखी दशहजारको समुहमा रहेको छ । तर, ति सलह कुन प्रकृतिका हुन् अनुसन्धान भइरहेको मन्त्रालयको भनाई छ ।
नेपाल छिरेका सलह किरा रुख तथा जमिनमा बसेको जानकारीमा आएको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिए । ति किराहरुले जहाँ बस्यो त्यहि खाने गर्छन् । सहल किरा देखिएका जिल्लाका किसानसहित अरु किसानलाई पनि सचेत रहन मन्त्रालयले आग्रह गरेको छ ।
कृषि मन्त्रालय अन्तर्गतको प्लान्ट क्वरेण्टीन तथा विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईँले सलह नेपाल प्रवेश गरेको तर प्रजातिको बारेमा यकिन गर्न बाँकी रहेको बताए । उनका अनुसार सामान्य फट्याङ्ग्रा किराले ठूलो क्षति नगर्ने तर लस्कट प्रजातिको फट्याङ्ग्रा भए बाली तथा बोटबिरुवामा ठूलो नोक्सानी गर्ने बताए ।
बाराका कृषि ज्ञान केन्द्र प्रमुख जितेन्द्र यादवले पनि सलह किरा नेपालमा भित्रिएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् । नेपालका कृषि वैज्ञानिकहरुका अनुसार दुई दिनयता दक्षिणबाट उत्तरतिर हावा बहँदा सलह किरा भारतको बिहार हुँदै नेपाल प्रवेश गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !