- वीरगञ्ज,असार १३ गते सनिवार ।
नेपाल विद्यार्थी संगठन नेविसंघ केन्द्रीय सदस्य सुधीर पटेलको नितृत्वमा माईस्थानमा वाट निकालिएको चीनको विरोधमा प्रदर्शन गरेको छ । शुक्रबार दिउँसो वीरगंजमा नेविसंघले नेपालीको भूमि मिचेको भन्दै चीनको विरोधमा विभिन्न बाइल्ट पेपरमा गो बेक चीन , सि जिनपिङको मुर्दाबाद नारा लगाई प्रदर्शन गरेको हो ।
नेविसंघ पर्साका केन्द्रिय सदस्य सुधीर पटेलको नेतृत्वमा भएको प्रदर्शनमा चिनियाँ राष्ट्रपति सि जिनपिङको पुत्ला समेत जलाइएको थियो ।प्रदर्शनकारीहरुले चाईना मुर्दाबाद, सि जिनपिंग मुर्दाबाद, हाम्रो सिमा मिच्न पाइदैन लगायतका नारा लगाएका थिए ।
पुत्ला जलाउने क्रम्मा प्रहरीले हस्तक्षेप गर्दा केही बेर तनाव समेत भएको थियो । वीरगञ्जको माईस्थान चोकबाट सुरु भएको विरोध यालि घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाइ सम्बोधन गर्दै उनीहरुले गुगलले नेपालको पहिचान सगरमाथालाइ चीनमा देखाइरहँदा पनि बामपंथी सरकारका प्रधानमन्त्री केपी शर्मा ओली किन मौन बसेको भन्दै आक्रोश पोखेका थिए ।
विश्वब्यापी रुपले फैलिरहेएको कोभिड १९”नोबोल कोरोनाभाइरसको महामारीका बेला पनि प्रधानमन्त्री ओलीले गैर जिम्मेवारबरुपले टिप्पणी दिएर नागरिकहरुबीच द्वन्द गराउन खोजेको आरोप लगाएका थिए । कोरोना भाइरस संग लडन बेसार, अदुवा , गरम पानी खाएपछि निको छुन्छ भनेको कुरा सुहाउँदो न भएको बताए ।।
बामपंथी सरकारको प्रधानमन्त्री अोली नितृत्व रहेको सरकारले यस्तो संकटको बेलामा पनि चारैतिर भष्टचारमा लिपपोत रहेको बताए ।प्रधानमन्त्री अोलीले मात्र दक्षिणको सिमानाका हेर्नु हुन्छ उतरको सिमानाका नहेर्नुको कारण के हो जनतालाई बताउनु पर्छा ।
प्रधानमन्त्री अोलीले अमेरिकामा अश्वेतहरुको आन्दोलन जस्तै नेपालमा मधेशी र पहाडी समुदाय लडाउन खोजिएको बताएका थिए ।
नेबिसंघको विरोध प्रर्दशन कार्यक्रममा विकेश पटेल, संजिव मिश्रा, दिपक पटेल, विवेक कलवार, अजय कर्ण, राहुल रौनियार, बिट्टु अहमद लगायतका नेविसंघ पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !