- घनगढी , असार ११ गते बिहीबार ।
जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यारत प्रहरी निरिक्षक र एक जना कानुन व्यवसायी ५० हजार घुस सहित आज बिहीबार पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरिक्षक प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालय विक्रम विष्टलाई पक्राउ गरेको छ ।
अख्तियार कञ्चनपुरका सूचना अधिकारी टोपवहादुर विष्टले विशेष सूचनाको आधारमा कानुन व्यवसायी विष्टको फर्ममा छापा हानेको बताउँदै उनीहरु दुवै जनालाई ५० हजार घुस सहित रंगेहात पक्राउ गरिएको बताए।
जवरजस्तीकरणी र सार्वजनिक हित विरुद्धको दुई वटा मुद्धा मिलाईदिन्छु भन्दै उनीहरुले ५० हजार घुस लिएको सूचना अधिकारी विष्टले बताए। कानुन व्यवसायी विष्टले बिचौलीयाको भूमीका खेलेको र घुस रकम बुझ्न प्रहरी निरिक्षक विष्ट पनि कानुन व्यवसायीको फर्ममा आएको समयमा पक्राउ गरिएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !