- काठमाडौं ,असार ११ गते बिहिवार ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी डा.आरजु राणाको स्कुलले लकडाउनका बेला पनि यातायातको खर्च भनेर अभिभावकहरूसँग पैसा असुलेकी छिन् ।
ललितपुर जिल्लाको खुमलटारमा रहेको डा.राणाको युलेन्स स्कुलले अभिभावकहरूलाई लकडाउनका बेला पढाइ नभएको शुल्क समेत उठाएको हो ।
त्यति मात्रै होइन स्कुलले यातायात भाडा भनेर बिल अभिभावकहरूलाई थमाएको छ ।
काठमाडौं उपत्यकाभित्र युलेन्स स्कुल अत्यन्तै महँगो स्कुलका रुपमा परिचित छ । विवादमा आइरहने यो स्कुलले अभिभावकहरूलाई आतंकित नै तुल्याएपछि बिद्रोह शुरु भएको छ ।
कोरोना भाइरसका कारण देशभरिका सबै विद्यालयको पठनपाठन बन्द रहेका बेला डा.राणाको युलेन्स स्कुलले सिधै अभिभावकहरूलाई ‘मुर्गा’ बनाएको भन्दै असन्तुष्टिहरू आएका छन् ।
काठमाडौं उपत्यकाभित्रका अधिकांश निजी विद्यालयले पठनपाठन नै नभए पनि रकम तिर्न अभिभावकहरूलाई दवाव दिइरहेका छन् ।
युलेन्स स्कुलले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई पठाएको बिलमा यातायात खर्च शीर्षकमा १० हजार चार सय रुपियाँ राखेको छ ।
वैशाख, जेठ र असार गरी तीन महिनाको भनेर सो रकम जोडिएको छ ।
लकडाउनका कारण विद्यार्थीले एक दिन पनि युलेन्स स्कुलको गाडी चढेका छैनन् ।
अभिभावकलाई पठाइएको बिलमा ब्रेकफास्ट, ल्याब शुल्क, फिल्ड ट्रिपलगायत शीर्षकमा पनि रकम तोकिएको छ ।
युलेन्स स्कुलका प्रिन्सिपल मेदिन लामिछानेले विद्यार्थीसँग यातायात शुल्क नलिएको दाबी गरेका छन् ।
नयाँ शैक्षिक सत्रको वैशाख, जेठ र असारको मासिक शुल्क २१ प्रतिशत घटाएर अभिभावकहरूलाई पत्र पठाइएको लामिछानेले बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !