Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

उदयपुर जिल्लाको ६ वटा स्थानीय तहमा ३ अर्व भन्दा बढि बजेट सार्वजनिक

  • उदयपुर ,असार ११ गते बिहिवार ।

उदयपुर जिल्लाका ६ वटा स्थानीय तहले स्वास्थ्य, शिक्षा र कृषिलाई उच्च प्राथामिकतामा राखेर ३ अर्व बढि वजेटसहितको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजानिक गरेका छन् ।

८ स्थानीय तहमध्ये कटारी नगरपालिका र उदयपुरगढी गाउँपालिका वाहेकका ६ वटाले ३ अर्व २४ करोड २० लाख ५२ हजार ९ सय ४० रुपैँया बराबरको प्रस्तावित वजेटसहित नीति तथा कार्यक्रम ल्याएका हुन् ।

असार १० गते योजनासहितको पूर्ण वजेट ल्याउने भनेपनि रौतामाई गाउँपालिका र ताप्लि गाउँपालिकाले मात्र बुधबार योजनासहितको पूर्ण वजेट ल्याएका छन् । बाँकी त्रियुगा, चौदण्डीगढी, बेलका नगरपालिका र लिम्चुङ्गबुङ्ग गाउँपालिकाले प्रस्तावित वजेट सिलिङ्गसहितको नीति तथा कार्यक्रम ल्याएका हुन् । कटारी नगरपालिकाले बुधबार ल्याउने भनेको नीति तथा कार्यक्रम नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठ अस्वस्थ रहेकाले स्थगन गरिएको बताइएको छ । कटारी नपाले असार १६ गते का लागि कार्यक्रम तय गरेको हो ।

त्यस्तै उदयपुरगढी गाउँपालिकाले भौगोलिक विकटताको कारण देखाउँदै समयमा वडाभेला सम्पन्न नभएकाले केहि दिनका लागि सारिएको जानकारी दिएको छ । उपप्रमुख सानुकुमारी राउतले असार १९ गते भित्रमा योजनासहितको वजेट सार्वजानिक गरिने बताईन् ।

पूर्ण वजेट ल्याएको रौतामाईले आगामी बर्षका लागि ४६ करोड ९७ लाख खर्च हुने जनाएको छ । गाउँपालिकाका प्रमुख गजेन्द्रबहादुर खड्काले ०७७।०७८ कोरोना नियन्त्रण, कृषि तथा पशुपालन र वैदेशिक रोजगारबाट फर्किएका युवाहरुका लागि लक्षित गरी रोजगार प्रवर्धन कार्यक्रममा वजेट केन्दित गरिएको जानकारी दिनु भयो ।

त्यसैगरी ताप्लि गाउँपालिकाले ३४ करोडको वजेट सार्वजानिक गरेको छ । जिल्लाको दुर्गम क्षेत्रको लिम्चुङ्बुङ् गाउँपालिकाले ३५ करोड ५९ लाख ५६ हजार वजेट तय गरेको छ । अध्यक्ष मेजरकुमार राईले कोरोना नियन्त्रण कोष सञ्चालनमा एक करोड, चालु खर्चमा पाँच करोड तथा कोसी करिडोर सडक निर्माण लगायत अन्य पूर्वाधार निर्माणमा १५ करोड रुपैँया विनियोजन गरिएको बताए ।

जिल्लाको सबैभन्दा जेठो त्रियुगा नगरपालिकाले १ अर्व १ करोड ७ लाख ९६ हजार ६ सय ४९ रुपैँया ८८ पैसाको प्रस्तावित वजेटसहितको नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । “स्वास्थ्य शिक्षित हाम्रो शहर, समुन्नत समावेशी समृद्व त्रियुगा नगर” भन्ने नारालाई सार्थक बनाउने गरी कार्यक्रम ल्याएको मेयर बलदेव चौधरीले जानकारी दिए ।

त्यस्तै बेलका नगरपालिकाले ७३ करोड ६० लाख ५७ हजार ९१ रुपैँया र चौदण्डीगढी नगरपालिकाले ६३ करोड ५५ लाख ४३ हजार २ सय रुपैँयाको वजेट सार्वजानिक गरेको छ । सबै स्थानीय तहले केन्द्रको परिपत्रलाई आधारमानी कोरोना भाईरस नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर आगामि आर्थिक वर्षकोे नीति तथा कार्यक्रमसहितको बजेट प्रस्तुत गरेका हुन् ।

त्रियुगाका नगर प्रमुख चौधरीले विभिन्न शिर्षकमा रकम बाँडफाँड भएको जानकारी दिँदै चालुतर्फ ६१ करोड आठलाख ९२ हजार र पुँजीगत खर्च तर्फ २५ करोड १४ लाख २८ हजार रुपैँयाकोे बजेट विनियोजन गरेको बताए । कुल बजेटको चालुमा करिव २६ प्रतिसत र पुँजीगततर्फ ७४ प्रतिसत बजेट रहेको छ । चालु वर्षको बजेट पनि ठूलो परिमाणमा कोरोना नियन्त्रणका लागि खर्च भएको भन्दै नगरप्रमुख चौधरीले हालसम्म महामारी नियन्त्रणमा २ करोड ५० लाख रुपैँया विकास बजेट खर्च भएको र आर्थिक वर्ष ०७७।०७८ मा पनि यो महामारी रोकथाममा ठूलो धनरासी खर्च हुने अनुमान गरिएको बताए ।

वेलका नगरपालिकाका नगर प्रमुख दुर्गाकुमार थापाले “उत्पादनको दोश्रो वर्ष, कोरोना बिरुद्धको स्वास्थ्य संघर्ष” भन्ने नयाँ नीति तथा कार्यक्रम सहितको बजेट प्रस्तुत गरिएको बताए । उनले कोरोना नियन्त्रणको प्रभावकारी कार्ययोजना निर्माण र कार्यान्वयन, कृषि उपजको उचित मूल्याङ्कन गरी किसान लक्षित कार्यक्रम सञ्चालन, सवै वडाहरुको जग्गा नापी गर्ने योजना, रोजगार अभिबृद्धि कोष स्थपना र सञ्चालन र सवै वडा कार्यालयहरुको भवन निर्माण लगायतका कार्यक्रमहरु ल्याइएको बताए ।

चौदण्डिगढी नगरपालिकाका प्रमुख खगेन्द्र राईले कृषि, शिक्षा, स्वास्थ्य, सडक निर्माणमा जोड दिएको बताए । उनले बेल्टारमा कोरोना अस्पताल निर्माणका लागि ५० लाख वजेट व्यवस्था गरिएको बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh