- काठमाडौं,असार ११ गते बिहिवार ।
पछिल्लो २४ घण्टामा नेपालका विभिन्न अस्पतालबाट ३ सय १२ जना कोरोना भाइरस संक्रमितका बिरामी निको भएर डिस्चार्ज भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २९३ जना पुरुष र १९ जना महिला निको भएका हुन्। यससँगै नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या २ हजार ६५० पुगेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !