- धनगढी,असार ११ गते बिहीबार ।
कैलालीमा यसै वर्ष सशस्त्र प्रहरी बलका थपिए ७ वटा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको हो ।
१ सय १ किमी खुल्ला सीमाना रहेको कैलाली जिल्लामा यस वर्ष थप ७ वटा बिओपी स्थापना भए पश्चात बिओपिको संख्या १० पुगेको छ ।
कैलाली जिल्लामा यस वर्ष विभिन्न मितिमा ६ वटा बिओपी स्थापना भएकोमा बुधबार कैलालीकाे भजनी नगरपालिका-३ कुसुमघाटमा नयाँ बिओपि स्थापना गरिएकाे छ। कुसुमघाट स्थापनासंगै एकै वर्षमा ७ वटा बिओपिहरु स्थापना भएको छ ।
बिओपी स्थापनाका प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथोकीले राज्य र संगठनले सुम्पेको जुसुकै दायित्व बिगत देखि नै सशस्त्र प्रहरी बलले ब्यवसायिक ढंगले सम्पादन गर्दै आईरहेको स्मरण गर्दै सीमा सुरक्षाको गहन जिम्मेवारीलाई अनुशासित एबं कर्तव्यनिष्ठ भई सम्पादन गर्न निर्देशन दिए।
सशस्त्र प्रहरी बल, नेपाल नं.३४ गण हे.क्वा.कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक कमल प्रसाद तिमिल्सिनाले सीमा अपराध एवं अन्य गैह्र कानूनी क्रियाकलाप रोकथाम तथा नियन्त्रणको लागी कैलाली जिल्लाको अन्तराष्ट्रिय सीमानामा खटिएका राष्ट्रसेवकहरुद्धारा अहम भूमिका निर्वाह भएको बताए।
फेसबुकबाट तपाईको प्रतिक्रिया !