काठमाडौं ,असार ११ गते बिहिवार ।
ललितपुर प्रहरी परिसर, जावलाखेलमा कार्यरत प्रहरी अधिकृत पक्राउ परेका छन । लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा प्रहरी निरीक्षक रुद्र शाही पक्राउ परेका हुन ।
ब्यूरोका अनुसार उनलाई ललितपुर प्रहरी परिसरबाटै नियन्त्रणमा लिइएको हो । लागुऔषध कारोबारीसँग नियमित सम्पर्कमा रहेको र उनीहरूलाई सहयोग गरेको उनीमाथि आरोप छ । शाही महानगरीय प्रहरी वृत्त सातदाबाटोबाट केही दिनअघि मात्र ललितपुर प्रहरी परिसरमा तानिएका थिए । उनी महानगरीय प्रहरी परिसर ललितपुरको अपरेशन शाखामा कार्यरत छन्।
ईलाका प्रहरी कार्यालय निजगढमा कार्यरत हुँदा कार्यालय समयमा प्रहरीको आचरण विपरित कार्य गरेको भन्दै उनलाई जिल्ला प्रहरी कार्यालय बारामा तानिएको थियो र पछि उनको सरुवा महानगरीय प्रहरी वृत्त सातदाबाटोमा भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !