- काठमाडौं ,असार ११ गते बिहीबार ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले गर्न सक्ने काम पनि नगरेको बताएका छन् ।
आजबाट सुरु भएको पार्टी स्थायी कमिटि बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले सरकारको कार्यसम्पादन ठीक नभएको बताए ।
पार्टी बैठकमा अध्यक्ष प्रचण्ड आक्रमक रुपमा प्रस्तुत भएका छन् । अध्यक्ष प्रचण्डले आलोपालो प्रधानमन्त्री हुने सहमति छाडेर आफूलाई गल्ती गरेको महसुस भएको समेत बताए । काम गर्नुको साटो प्रधानमन्त्रीमा अहंकार बढेको उनको भनाई थियो ।
प्रधानमन्त्रीमा निरन्तर बढेको अहंकारले पार्टीलाई घाटा भएको समेत उनको भनाई थियो । सरकार र पार्टीलाई केही फाइदा होला कि भनेर आफूले पाँच वर्ष नै अर्का अध्यक्ष केपी शर्मा ओलीलाई सरकार चलाउन दिने सहमति गरेको भए पनि त्यसो नभएको उनले बताएका छन् ।
‘सरकार र पार्टीलाई केही फाइदा हुन्छ कि भनेर मैले छाडेँ । तर, त्यसले अहंकार बढ्यो’ प्रचण्डको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘आलापालो छाडेर गल्ती गरेँ भन्ने लाग्छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !