काठमाडौं,असार १० गते बुधबार ।
भाइबर, ह्वाट्सएप, इमोलगायतका माध्यममार्फत चिठ्ठा परेको एसएमएस पाइरहनु भएको त छैन ? यदि छ भने होसियार, यसमा कुनै सत्यता छैन ।
महानगरीय अपराध महाशाखाका अनुसार, विभिन्न माध्यमको प्रयोग गरी ठगी गर्ने गिरोह पछिल्लो समय सक्रिय बनेको छ । यो गिरोहले हिन्दी भाषामा चिठ्ठा परेको बधाई दिँदै खाता नम्बर माग्ने गरेका छन् । रकम पठाउन राजस्व तिर्नुपर्ने भन्दै रकम मागेर ठगी गर्ने गरिएको महाशाखाले जनाएको छ ।
‘चिठ्ठा परेकोमा बधाई छ भनी हिन्दी भाषाबाट बधाई दिने, खाता नम्बर माग्ने र सो रकम पठाउन राजस्व तिर्नुपर्छ भन्दै आईएमई तथा विभिन्न व्यक्तिका बैंक खाता समेत उपलब्ध गराई ठगी गर्नेै गिरोह सक्रिय रहेको छ,’ महाशाखले सचेत रहन आग्रह गर्दै भनेको छ ।
यस्ता गतिविधि बढेपछि सक्रियता बढाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, केहीमाथि अनुसन्धान तथा कारबाही भइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !