उदयपुर ,असार १० गते बुधबार ।
उदयपुरमा प्रहरीको नेतृत्व सम्हाल्न आउनुभएका एसपी भिमबहादुर दाहालले अपराध, कालाबजारी, लागूऔषध, चोरीनिकासी, हिंसा जस्ता कुरामा सुन्य सहनसिलता अपनाउने उद्घोष गर्नुभएको हो । लागूऔषध जिल्लाको प्रमुख समस्याको रुपमा देखिएकाले नियन्त्रणमा विशेष पहल गर्ने पनि बताउनु भएको छ । कोरोनाको उच्च जोखिमलाई मध्येनजर गर्दै नियन्त्रणका लागि प्रभावकारी कदम चाल्ने बताउनुभएको छ ।
जिल्लाको नयाँ एसपी दाहालले आज पत्रकारहरुसंगको भेटघाटमा प्रहरीलाई आर्थिक प्रलोभनमा पर्न र कसैलाई पार्नसम्म नदिने बचन पनि दिनुभयो । विगतको दुई कार्यकालका उदयपुर प्रहरी नेतृत्व आर्थिक प्रलोभन आरोपमुक्त रहेको प्रशंगमा उहाँले त्यसलाई निरन्तरता दिने बचन दिनुभएको थियो । पछिल्लो दुई प्रहरी नेतृत्वहरुमा एपपी चन्द्रदेव राई र त्यसपछि बिरबहादुर बुढामगर हुन् । “म यो क्रमभंगता हुन दिन्न, यसलाई निरन्तरता दिन्छौ, बरु थप प्रभावकारीढंगले निरन्तरता दिनेछौं” एसपी दाहालले भन्नुभयो ।
शान्ति, सुरक्षाको हिसावले तराई जिल्लाहरु भन्दा कम संवेदनशिल नरहेको भएपनि लागूऔषध पहिलो समस्या, घरेलु हिंसा, आपराधिक गतिविधि, चोरी तस्करी जस्ता समस्याहरु रहेको बताउनुभयो । त्यस्ता कुरालाई सुन्य सहनसिलता अपनाइ कारवाही अगाडी बढाउने बताउनुभयो । गुण्डागर्दी हुन नदिने पनि उहाँले बताउनुभयो ।

लामो लकडाउनले थुप्रै समस्याहरु जन्मिएको र नागरिकको सहजताको लागि सरकारले नयाँ माेडल र रणनीति अपनाएको उहाँले बताउनुभयो । तर, सरकारले अपेक्षा गरे अनुरुपको तरिका ब्यवहारमा नदेखिएको बताउनुभयो । जसले कोरोनाको जोखिम बढिरहेको बताउनुभयो । लकडाउनले नागरिकलाई परेको समस्यासलाई मध्येनजर गर्दै सहि ढंगले व्यवस्थापनका लागि छलफल भइरहेको बताउनुभयो । विशेष र प्रभावकारी सुरक्षा रणनीतिका साथ लागी पर्ने उहाँले बताउनुभयो । हालका लागि उद्योग वाणिज्य संघसंग समन्वय गरी जिल्लाभरका पसलहरुमा रजिस्टरमा ग्राहकको नाम, सम्पर्क र ठेगाना लेख्न काम थालनी गरिएको जानकारी दिनुभयो ।
कुनै पनि बाहानामा प्रहरीले नागरिकलाई दुःख दिन नमिल्ने र आफ्नाे कार्यकालमा त्यस्तो हुन नदिने बताउनुभयो । प्रहरीको नाम लिएर मुद्दा मामिला मिलाइदिन्छु भन्ने र दलाली विचौलीया गर्ने विरुद्ध प्रहरी कडाइका साथ लाग्ने र आफ्ना सबै डिपार्टमा यस किसिमको निर्देशनसमेत दिइसकेको उहाँले बताउनुभयो ।
एसपी दाहालले लागुऔषध दुर्ब्यसनिहरुको अभिलेख संकलन गरी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्ने बताउनुभयो । लागूऔषध एक किसिमको रोग नै भएकाले त्यसको उपचारको जरुरी रहेको भन्दै धरानमा प्रहरीको सञ्चालन रहेको सुधारकेन्द्रको प्रयोग पनि गरिने बताउनुभयो । उहाँले केही समयमै नयाँ नेतृत्वको अभ्यास र प्रयासको प्रभाव देख्न सकिने भन्दै त्यसका लागि सबैक्षेत्रलाई सहयोगको अपिल पनि गर्नुभयो । अहिलेको कोरोनाको जोखिममा जत्ति आफु सुरक्षित भएर बस्न सक्यो त्यति राम्रो हुने सन्देश फैलाउनु पर्ने भन्दै अत्यावश्यक काम बाहेकमा बाहिर ननिस्कन विशेष आग्रह गर्नुभएकाे छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !