लहान ,असार १० गते बुधबार ।
सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गरेको लकडाउनमा नक्कली पास बिक्री वितरण गर्ने दुईजनालाई लहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लहान नगरपालिका -१ स्थितमा रहेको मेरो साईबर एण्ड ट्राभल्समा विशेष सूचनाको आधारमा प्रहरी नायब उपरीक्षक शरत कुमार थापा श्रेत्रिको कमान्डमा खटिएको प्रहरी टोलिले खान तलासी गर्दा वडा नम्बर ८ का साइबर सञ्चालक २० वर्षीय विजेन्द्र महतो र २२ वर्षीय प्रमेश्वर महतो छन् ।
लकडाउनको समयमा प्रमुख जिल्ला अधिकारीका सही छाप गरेको सादा प्रिन्टको पास किर्ते बनाई बिक्री वितरण गरेको भन्दै २ जनालाई प्रहरीले पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिनु भयो ।
पक्राउ परेका दुवै जनालाई विभिन्न कार्यालयको छाप, लेटर प्याड, डेलको ल्याप्टप एकथान, ब्रदर्शको प्रिन्टर एक थान, ब्रदर्शको कलर प्रिन्टर एक थान र एचपीको पेनड्राइभ एकथानसहित नियन्त्रणमा लिएर दुवैजनामाथि लिखित सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको डिएसपी घिमिरेले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !