जन प्रभाब / सिरहा,असार ९ गते ।
सिरहाको भगवानपुर गाउँपालिकामा अध्यक्षकै लापरवाहीले बिकाश हुन नसकेको स्थानीयले आरोप लगाएका छन । स्थानिय तहको चुनाव करीब ३ बर्ष बितिसक्दा पनि भगवानपुर गाउँपालिकाको बिकाश कार्य हुन नसकेको आरोप स्थानीयको रहेको छ । स्थानीय तहको चुनाव सम्पन्न भएको करीब ३ बर्ष बितिसक्दा पनि अध्यक्ष बेचन यादवको चरम लापरबाहीले भगवानपुर गाउँपालिकामा बिकाशको कार्य हुन नसकेको आरोप स्थानियको रहेको छ ।

बर्षायामको बेला पानी पर्नसाथ मुख्य सडक लगायत प्राय सबै जसो सडकको खाल्डो खुल्डीमा पानी जमा हुने गरेतापनि अध्यक्ष यादव मौन बस्नु बिडम्बनाको बिषय बनेको स्थानियहरूको आरोप रहेको छ । भगवानपुर गाउँपालिका निवासी रामउदगार यादवले गाउँपालिकाका अध्यक्ष बेचन यादव स्थानिय तहको चुनाव अगाडी बिकाशको कार्य अगाडी बढाउने जनता बिच गरेको वाचालाइ पूरा गर्न नसकेको आरोप लगाउनु भयो । उहाले यस राजधानी सम्बादाता सङ कुरा गर्दै भगवनपुर गाउँपालिकाको अध्यक्ष यादव चुनाव जित्नसाथ जनता बिच गरेको वाचालाइ बेवास्ता गरेको कारण बिकाशको कार्य अगाडी नबढेको बताए ।
स्थानिय तहको चुनाव पश्चात् आफूले भगवानपुर गाउँपालिका लाई एउटा नमूनाको रूपमा परिणत गर्ने भनेका अध्यक्ष यादवले ३ बर्षको कार्य अवधीमा केही बिकाशको कार्य गर्न नसकेको आरोप स्थानियवासीको रहेको छ । बिकाशको कार्य हुन नसक्दा स्थानियवासीले आफै चुनेका अध्यक्ष यादवलाई बिफल अध्यक्षको रूपमा लिन थालेका छन । स्थानियले आउने चुनावमा यसको जवाब आफ्नो मतको अधिकारले दिने बताएका छन ।


















