नबराजपुर,असार ९ गते ।
बैबाहिक अंगिकृत नागरिकता तत्काल पाउनुपर्ने माग राख्दै जनता समाजवादी पार्टीले मंगलबार सिरहा नवराजपुरमा प्रर्दशन गरेको हो ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट ७ बर्ष पछि मात्र बैबाहिक अंगिकृत नागरिकता पाउने व्यवस्था बहुमतले पारित भएको छ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले विहे गरेको ७ बर्ष पछि मात्र बैवाहिक अंगिकृत नागरिक दिनुपर्ने अडान राख्दै आएको थियो । संसदीय समितिमा नेकपाको बहुमत रहेको कारण नेकपाकै निर्णय पारित भएको छ ।
७ बर्षे प्रावधानको विरोध गर्दै जनता समाजवादी पार्टीले नवराजपुरमा मंगलबार विरोध प्रर्दशन गरेको हो ।
विरोध सभामा बोल्ने नेताहरुले ७ बर्ष पछि नागरिकता पाउने निर्णय तत्काल सच्चाउन माग गरेका छन् । जसपाका नेता तथा नवराजपुर गाउँपालिकाको प्रत्याशी अध्यक्ष शिव उदगार यादव भन्ने ( शिबा ), ले बोल्दै निर्णयमा पुनः विचार गर्न आग्रह गर्नुभएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !