झापा,असार ९ गते मंगलवार ।
अबैध रूपमा काँकडभिट्टा नाकाबाट भारत लैजान लागेको १८ बोरा सुख्खा सुपारी प्रहरीले बरामद गरेको हो । मेचीनगर नगरपालिका–७ स्थित मेची पुल नजिकैको खोला किनारबाट प्रहरी सो परिणामको सुपारी बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेको ५४० केजी सुपारी बरामद गरेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । करिब एक लाख ७८ हजार दुई सय मूल्य बराबरको सुपारी इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको हो ।
सुपारीलाई मेची भन्सार कार्यालय बुझाइने छ । सीमा नाका सिल भएको अवस्थामा जिल्लाका विभिन्न नाकाबाट अहिले पनि तस्करीको माध्यमबाट सरसामान भित्राउने र लैजाने गतिविधि भइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !