काठमाडौं,असार ९ गते मंगलवार ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षाका लागि नेपाल प्रहरीले सर्भिलेन्स गाडीसहितको एलटिई र्यापिड कम्युनिकेसन सिस्टम खरिद प्रक्रिया अघि बढाएको हो । नेपाल प्रहरीको बजेटबाट प्रधानमन्त्रीको सुरक्षाका लागि सर्भिलेन्स गाडीसहितको उपकरण खरिद गर्न लागिएको छ ।
प्रहरीलाई तत्काल आवश्यक नभएको सो उपकरण खरिदमा प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली आफैंले चासो दिएर चाँडै खरिद गर्न निर्देशन दिइसकेका छन् ।
कोरोना कहरबीच प्रहरी जनशक्ति सुरक्षा उपकरणबिनै फिल्डमा खटिरहेको अवस्थामा ५ करोड खर्चेर उपकरण खरिद गर्न चिनियाँ कम्पनी हुवावेको नेपाल प्रतिनिधि हनी इन्टरप्राइजेज र मोबिलिटी प्रालिलाई छनोट गरिएको छ । सो उपकरणले प्रधानमन्त्रीको सवारीका बेला सर्भिलेन्स गर्नेछ ।यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।
प्रधानमन्त्रीमाथि आक्रमण भए वा अन्य विपत्ति आइलागे सुरक्षा निकायलाई तुरुन्तै भिडियो रिपोर्ट दिने भएकाले प्रधानमन्त्रीका आइटी विज्ञको सल्लाहमा उपकरण खरिद अन्तिम चरणमान पु¥याइएको हो । त्यसका लागि नेपाल प्रहरीको सूचना तथा प्रविधि निर्देशनालयले फागुन १९ मा बोलपत्र आह्वान गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !