काठमाडौं,असार ८ गते सोमबार ।
काठमाडौ जिल्ला अदालतले अदालतमा उपस्थित गराउने अभियुत र सुरक्षाकर्मीको पीसीआर रिर्पोट अनिवार्य गरेको हो ।
सोमबार न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलाशले थुनछेक वा अन्य कार्यका लागि अदालतमा उपस्थित गराइने प्रतिवादी र सुरक्षाकर्मीको पीसीआर प्रविधिबाट गरिएको कोरोना परीक्षण रिर्पोट अनिवार्य गरेको छ ।
महानगरीय अपराध महाशाखाबाट विद्युतीय कारोबार मुद्धाका एक अभियुक्तलाई थुनछेक बहसका लागि सोमबार अदालत उपस्थित गराइएको थियो । आरडीटी परीक्षणको रिर्पोट सहित पेश गरिएको भए पनि न्यायाधीश भट्टराईले आरडीटी प्रविधि विश्व स्वास्थ्य संगठन तथा नेपाल हेल्थ रिसर्च काउनिसलले नै विश्वासिलो नमानेको भन्दै अदालतमा उपस्थित गराउने प्रतिवादीलाई अनिवार्य पीसीआर परिक्षण रिर्पोट सहित बयानमा पुनः उपस्थित गराउन आदेश दिएका हुन् ।
आदेशमा प्रतिवादीलाई अदालतमा उपस्थित गराउन खटिने सुरक्षाकर्मीको समेत अनिवार्य पीसीआर परीक्षण गराई रिर्पोट मिसिलमा संलग्न गराउनु पर्ने भनिएको छ ।
साथै परीक्षण खर्च भने अभियुक्तको स्वेच्छा बाहेकको अवस्थामा सरकारी वकिलको कार्यालयल व्यवस्था गर्नु पर्ने छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !