पोखरा,असार ८ गते सोमबार ।
प्रदेश सांसद राजीव गुरुङ भन्ने ( दीपक मनाङे) ले गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिको सदस्यबाट सोमबार राजीनामा दिएका छन् ।
समितिको सदस्यमा बसेर उल्लेख्य काम काम गर्न नसकेको र समितिको पनि काम नदेखेको भन्दै उनले राजीनामा दिएका छन् ।
न सांसदको काम छ, न कुनै समितिको जिम्मेवारीअनुसार भूमिका रहेको बताउँदै उनले भने, ‘कामै नलाग्ने त्यस्तो समितिमा बसेर लाज मात्र लाग्यो ।’ उनले थपे, ‘जता हेर्यो उतै भ्रस्टाचार छ । न काम गर्ने अधिकार छ । न समितिले अनुगमन गरेर केही गर्न सक्छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !