Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

१७ सालदेखि चीनको कब्जामा गोर्खाको रुइ गाउँ, सरकार वेवास्ता गर्दै

सारिएको सीमालाई वैधता दिन नेपालकै मन्त्री गएर खिचाएका थिए तस्विर

काठमाडौं ,असार ८ गते सोमबार ।

गोरखा । भारतको नियन्त्रणमा रहेको लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायतका क्षेत्रलाई सरकारले नेपालको नक्सामा समेट्दै गर्दा बर्षौदेखि चीनको कब्जामा रहेको गोर्खाको एउटा गाउँ नेपाली भूगोलमा पुनः समेटिन प्रतिक्षा गरिरहेको छ। उत्तरी सीमाका विभिन्न ठाउँमा चीनले कब्जामा लिएका नेपाली भूभागलाई आफ्नो मातहतमा ल्याउन नेपाल सरकार भने वेवास्ता गरिरहेको छ।

रुई गाउँका स्थानियले तिरेको तिरोको प्रमाण। तस्विरः किशोरजंग थापा

६० बर्षअघिदेखि गोरखाको उत्तरी क्षेत्रमा पर्ने रुई गाउँ चीनको कब्जामा रहेको प्रमाण हाम्राकुरा डटकमले फेला पारेको हो । गोरखाको साविक सामागाउँ गाविसमा पर्ने रुई गाउँ वि.स. २०१७ सालअघि नेपालतर्फ नै थियो । तर त्यसयता सो गाउँमा नेपालले आफ्नो हकभोग गुमाउदा समेत सरकार भने वेवास्ता गरेर बसेको छ। 

नेपालले तत्कालिन समयमा गुमाएको रुई गाउँमा हाल पनि ७० देखि ८० घर छन् । उनिहरुको अहिले पनि गोरखातर्फको साम्दो गाउँ लगायतका क्षेत्रमा आउजाउ हुन्छ । यति मात्रै होइन रुई र साम्दोका स्थानियहरुविच बिहेवारी पनि चल्छ । तर सिमा क्षेत्र निर्क्यौल गर्न गएको तत्कालिन नेपाल तर्फका सरकारी टोलीको लापरवाहीका कारण २०१७ सालमा नेपालले सो भुभाग गुमाउन पुगेको स्थानीयको गुनासो छ ।

‘१७ सालमा नापी आएको हो, दुई देशका टोलीले सिमामा पिलर गाडेको ठाउँभन्दा धेरै परसम्म नेपाली जमिन छ’ स्थानीय तान्जेन लामाले हाम्राकुरासंग भने ‘तिब्बतसंगगको सिमानामा नामाचे खोला छ, त्यो खोलाले जसरी काटेको छ, त्यसको वारीको सबै गाउँ नेपालको हो तर त्यो बेला सबै छोडेछन् ।’

तत्कालिन ल्हो गाउँ पञ्चायतका उपप्रधान पञ्च समेत रहेका लामा थप्छन् ‘अहिले गोरखामा रहेको साम्दो गाउँका सबैको मुख्य घर रुईमा थियो, बर्खामा गोठ झर्ने ठाउँ हो, साम्दो त।’

यता जिल्ला मालपोत कार्यालय गोरखामा समेत २०१७ सालअघि रुई गाउँका स्थानीयले त्यस क्षेत्रका जमिनको राजश्व तिरेको तथ्यांक फेला परेको छ । विर्ता सम्बन्धि नम्बरी ढड्डा नम्बर १ मा रुइगाउँ लगायतका स्थानको ‘तिरो’ तिरेको प्रमाण कार्यालयमा सुरक्षित छ ।

तत्कालिन चीनको साँस्कृतिक क्रान्तिपछि रुई गाउँमा समेत धार्मिक स्थल, ग्रन्थहरु नष्ट गर्ने अभियान सुरु भएपछि रातारात स्थानीय भागेर साम्दो झरेका थिए । त्यतिबेला केहि मुर्ति सहित सयौ बर्ष पूरानो ताम्रपत्र समेत स्थानीयले जोगाएर ल्याएका थिए । हाल सो ताम्रपत्र साम्दोमै सुरक्षित रहेपनि मुर्ति भने रुई गाउँमै फिर्ता लगिएको स्थानीयले बताएका छन् ।

त्यसो त चुमनुब्री गाउँपालिका १ का वडाध्यक्ष विरबहादुर लामा समेत रुई गाउँ नेपालकै भुभाग रहेको कुरा आफुले पनि सुनेको बताउछन् । ‘पहिला नेपालकै थियो रे, पछि के के भयो त्यो हामीलाई थाहा छैन’ वडाध्यक्ष लामाले भने ‘रुई र साम्दोको भाषा, संस्कृति रहनसहन सबै म्याच गर्छ, जाने आउने पनि हुन्छ, पहिलाको एउटै गाउँ १९६२ मा टोली आएपछि छुट्टिएको भन्ने सुनिन्छ ।’

२०१७ सालअघि तिब्बती र नेपालीबिच बारम्बार विवाद हुने गरेको समेत आफुले सुनेको लामा बताउछन् । सोही विवाद मिलाउनका लागि रुइ गाउँ छोडेर पिलर राखिएको हुन सक्ने उनले अनुमान गरे । त्यस्तै रुई गाउँका स्थानीय हालको चुमनुब्री गाउँपालिका ४ नाम्रुङमा पर्ने तत्कालिन भन्सार कार्यालयमा राजश्व बुझाउन आउथे भन्ने समेत सुनेको वडाध्यक्ष लामाले बताए । हाल सो क्षेत्रमा ३४, ३५, ३६ हुदै छेकम्पारसम्म बिभिन्न नम्बरका पिलर रहेको छ । साम्दोबाट रुइगार्उँ पुग्न करिब ५ देखि ६ घण्टा लाग्छ ।

यता गण्डकी प्रदेश सरकारले भने सो नाका खुला गर्न र सडकमार्ग हुदै तिब्बतसंग सदरमुकाम जोड्ने योजना अघि सारिरहेको छ । चालु आर्थिक बर्षमा सोही कामका लागि ४ करोड विनियोजन भएपनि केहि प्राविधिक बिषय बाँकी रहेकाले निर्माणको काम भने अघि बढ्न सकेको छैन ।

Image may contain: outdoor

त्यसो त गत सालको मंसिर दोस्रो साता गण्डकी प्रदेश सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले सो नाकाको स्थलगत अनुगमन समेत गरेका थिए । त्यसबेला साम्दो र रुई गाउँबिच रहेको रुइला नाका खोल्न र त्यसक्षेत्रमा सडक निर्माणलाई अघि बढाउने प्रकृयाका लागि मन्त्री बस्नेत हेलिकोप्टर लिएर त्यसक्षेत्रको अवलोकनमा पुगेका थिए । रुई गाउँ र साम्दोबिच सिमामा रहेको पिलर नम्बर ३५ मा उनले सीमामा रहेका सुरक्षाकर्मीहरुसँग फोटो समेत खिचाएका थिए । त्यसक्रममा चिनियाँ अधिकारीहरु समेत रहेको बताइएको थियो।   

सीमामा रहेका चिनियाँ सुरक्षाकर्मीहरुसँग मन्त्रीले तस्विर खिचेर सारिएको सीमालाई वैधता प्रदान गरि नेपालको ठूलो भूभागलाई वेवास्ता गरिएकोमा उनको सो समयमा आलोचना पनि भएको थियो। 

hamrokura.com बाट

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 weeks पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh