कृष्णा यादब
वीरगंज , साउन ८ गते सोमबार ।
पर्सा जिल्लाका प्रहरी उपरीक्षक गंगा पन्तले अपराधिक क्रियाकलाप उपर कानूनी कठोरता चालिने चेतावनी दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले जिम्मेवारी सम्हाले देखिनी उहाँले अपराध नियन्त्रणका र शान्ति सुरक्षाको लागि बिवेकपूर्णले कायम गरदै आइकि हुन् ।
मुलुकमा उत्पन्न विषम परिस्थिति सँग जुध्दै जनताको जिउधनको सुरक्षा तथा अपराध नियन्त्रणमा पर्सा प्रहरी सक्रिय रहेको छ । लकडाउनको समयमा समेत हुने गरेका तस्करी तथा आर्थिक अपराधलाई नियन्त्रण गर्न प्रहरीले सक्रियता देखाएपछि तस्कर र अपराधसँग जोडिएका व्यक्तिहरुलाई छटपटि सुरु भएको देखिन्छ । बिगतका दिनमा जिल्ला प्रहरी कार्यालय पर्साको कमाण्ड सम्हाल्दै केही महिना अगाडी आउनु भएकको प्रहरी उपरिक्षक गंगा पन्तको कार्यक्षमताले चौतर्फी प्रशंसा पाई रहेको बेला अहिले रजनीगन्धाका कारोवारी, हुण्डी कारोवारी र छोकडा तस्करीलाई जोडेर पर्सा प्रहरी माथि आक्षेप लगाउने गतिविधि बढदै गएको देखियो ।
उहाँले पर्सा जिल्ला बासिको लागि प्रतिबद्धता गरेको हरेक नागरिकलाई छिटो, छरितो, सरल, समान र नागरिकमुखी सेवा प्रवाहमा जोड दिदै अाएकि हुन् ।
खुल्ला सीमा नाकाबाट हुने सीमा अपराध, चोरी निकासी तथा पैठाी नियन्त्रण, घरेलु मदिरा, यौन व्यवसाय, जुवातास, लुटपाट र कालोबजारी गर्नेहरुलाई नियन्त्रणमा लिदै अाएपछि अहिले अपराधीक गतिविधि कम भएको छ।
संठगित अपराध तथा गुण्डागर्दी, सीमा अपराध, प्राकृतिक श्रोतको दोहन गर्ने माथि निर्मम रुपले एकसन लिदै अाईकि हुन् । पर्सामा लागु औषध दुव्र्यसनी तथा ओसारपसार चुनौतिका रुपमा रहेपनि अहिले लागुअौषध विरोध कडा रुपले दिनरात अाफै खटेर धमाधम पक्राउ गरदै अाईकि हुन् ।
विश्व महामारीका रुपमा रहेको कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी व्यवस्थापन गरिने पनि एसपी पन्तले बताउनुभयो । पर्सा जिल्ला सामाजिक सदभावको नमूना जिल्ला रहेकाले यसलाई कायम राखिने विश्वास उहाँले दिलाउनुभएको छ । सामाजिक, धार्मिक भेगियताको विविधाताको सुन्दर पक्षलाई भाईचारा कायम रहने उहाले बताउनु भयो ।
खटाएको काम निडरताका साथ गर्ने र साहशी महिला अधिकृतको रुपमा गंगा पन्तलाई प्रहरी संगठनमा चिन्ने गरिन्छ । पन्तले वीरगंजलाई सुधार्न अपराध तथा तस्करी नियन्त्रण गर्न भयमुक्त समाज निर्माण गरी तस्करी, हुण्डी लगायतका आर्थिक अपराध निस्तेज गर्ने अभियानमा जुटेपछि अहिले अपराधमा कमाउन र भविष्य खोज्नेहरु पन्तको अनर्गल प्रचारमा लाग्नुका साथै पर्सा प्रहरीको बदनाम गर्न विभिन्न हथकण्डा अपनाउन थालेका छन् ।
उहाले पर्सा जिल्ला बासिको लागि शान्ति सुरक्षा मेरो पहिलो प्राथमिकता रहेको बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !