काठमाडौं ,असार ७ गते आइतबार ।
सशस्त्र प्रहरी बल नेपालको गस्ती टोली पहिलो पटक कालापानीको त्रिदेशिय सीमा नाका १ नम्बर पिलर पुगेको हो ।

केही दिन अघि सशस्त्र प्रहरीले स्थापना गरेको छाङ्गुर बोर्डर आउट पोस्ट (बीओपी) को टोली १ नम्बर पिलर पुगेको छ ।
यसअघि सशस्त्र प्रहरी बलको टोली छाङ्गुर बोर्डर आउट पोस्ट आशपास मात्रै गस्ती गर्ने गरेको थियो । ३ असारमा सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल र नेपाली सेनाका प्रधानसेनापति पू्र्णचन्द्र थापाको छाङ्गुर भ्रमण पछि सशस्त्र प्रहरी बलको टोली कालापानीको १ नम्बर पिलर पुगेको छ ।
छाङ्गुरबाट १ नम्बर पिलर करिब ३० किलोमिटरको दूरीमा रहेको छ ।
सरकारले लिपुलेख लिम्पियाधुरा सहितको नक्सा आधिकारीक रुपमै नेपाल जारी गरेपछिको सुरक्षा सर्तकतालाई विशेष चासोका साथ हेरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !