राजविराज,असार ७ गते आइतबार ।
सप्तरीमा आज कोरोना भाइरस संक्रमितको संख्या २ थपिएसँगै कुल १ सय ६० जना संक्रमितको संख्या पुगेको हो।
आज आइतबार हनुमाननगर कंकालिनी नगरपालिकामा २ दुईजना संक्रमित भेटिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । यसअघि शनिबार जिल्लाको छिन्नमस्ता गाउँपालिकामा २ र सरुङ्गा नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य प्रमुख दुनियालाल यादवले जानकारी दिए।
यसअघि सप्तरीमा ७१ जना कोरोनाबाट निको भइ घर फर्किएको गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले जानकारी दिएका छन् । बाँकी रहेका ८९ जनाको राजविराजस्थित साईकृष्णाको आइसोलेशन केन्द्रमा उपचार भइरहेको जनाइएको छ ।
यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म देशभरमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको तथा उनीहरूमध्ये २३ जनाको मृत्यु भएको छ भने एक १ हजार ७ सय ७२ जना डिस्चार्ज भएका छन् ।
