काठमाडौं,असार ७ गते आइतबार ।
सरकारले मरिच आयातमा लागाएको प्रतिबन्ध शसर्त खुकुलो गरेको हो । असार २ गते बसेको मन्त्रिपरिषद बैठकले औद्योगिक प्रयोजनका लागि मरिच आयात गर्न दिने निर्णय गरेको छ ।
गत चैत २४ गते सरकारले राजपत्रमा सूचना निकालेर सबै प्रकारको मरिचको आयात रोक्ने निर्णय गरेको थियो । कोरोनाका कारण अर्थतन्त्रमा असर पर्ने भन्दै सरकारले केराउ, सुपारी, छोकडा र मरिच आयातमा सरकारले रोक लगाएको थियो ।
तर, मरिचमा प्रतिबन्ध लगाउँदा केही उद्योगहरु प्रभावित भएको गुनासोपछि उद्योग मन्त्रालयको सिफरिसमा मरिचको आयात फुकुवा गरिएको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एकपटकमा एक हजार पाँच टन मात्रै मरिच उद्योग विभागको सिफारिसमा आयात गर्न पाउने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !