काठमाडाैं,असार ७ गते आइतबार ।
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको हुनेकाे संख्या ४ लाख नाघेकाे छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको भारतमा मृतककाे संख्या पनि बढ्दाे क्रममा रहेकाे छ ।
अहिले भारतमा कुल सङ्क्रमित संख्या ४ लाख ११ हजार ७२७ पुगेकाे वर्ल्डाेमिटर्सले जनाएकाे छ । शनिबार मात्र एकै दिन त्यहाँ १५ हजार ९१५ नयाँ संक्रमित थपिएका छन् । याे भारतमा हालसम्मकै बढी दैनिक संक्रमित फेला परेकाे पहिलाेपल्ट हाे । शुक्रबार त्यहाँ १४ हजार ७२१ नयाँ संक्रमित थपिएका थिए ।
भारतमा काराेनभाइरसबाट मृत्यु हुनेकाे संख्या पनि १३ हजार नाघेकाे छ । वर्डाेमिटर्सका अनुसार अहिलेसम्म भारतमा काेराेनाभइरसबाट मृत्यु हुनेकाे संख्या १३ हजार २७७ पुगेकाे छ । पछिल्लो २४ घण्टाको अवधिमा (शनिबार) मात्र भारतमा ३०७ जनाकाे मृत्यु भएकाे छ । शुक्रबार त्यहाँ ३६६ जनाकाे मृत्यु भएकाे थियाे ।
अहिले भातरमा १ लाख ७० हजारभन्दा मानिस सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी २ लाख २८ हजारभन्दा बढी मानिस चाहिँ सङ्क्रमणमुक्त भएर घर फर्किसकेका छन् । शनिबार मात्र त्यहाँ १३ हजार ९७५ मानिस संक्रमणमुक्त भएकाे जनाइएकाे छ ।
भारतमा पछिल्लो समयमा लकडाउनलाई खुकुलो बनाउदै लगिएको र परिक्षणको मात्रा पनि बढाइएकाले सङ्क्रमितहरुको संख्या धेरै देखिँदै गएको अधिकारीहरुले बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !