काठमाडौं ,असार ६ गते सनिवार ।
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नागरिक्ता प्रावधानमा विवाहित महिलाबारे राखिन लागिएको ७ वर्षे नियमको विरोध गरेका छन् ।
फेसबुकमा विचार लेख्दै उनले त्यसको विरोध गरेका हुन् । उनले लेखेका छन् ‘सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले नेपालीसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि अंगिकृत नागरिकता दिने निर्णय गरेको छ।
मुख्यतः मधेसी समुदाय प्रति लक्षित गरिएको भएतापनि यसले लैङगीक असमानता र विभेदलाई नै निरंतरता दिने कार्य गरेको छ, बिगतमा प्राप्त रहेको सुबिधा, सेवा र अवसरलाई खोस्नु अन्यायपूर्ण कार्य हो।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !