सिरहा,असार ६ गते सनिवार ।
सिरहा प्रहरीले ६० बोतल लागुऔषध सहित सनिवार एक जना लाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहा र ईलाका प्रहरी कार्यलय माडरबाट गोप्य सुचनाको आधारमा खटिएको सन्युक्त प्रहरी टोलीले जिल्ला सिरहाको सिरहा नगरपालिका- १५ माडर स्थित सिरहा नगरपालिका -१७ बस्ने बर्ष २१ को बिक्की कुमार कारकले संचालन गरेको बिक्की मोटर साईकल वर्कसपमा खानतलासी गर्दा पुरानो मोटरसाईकलको डिकी भित्र लुकाई छिपाई राखिएको लागुऔषध डाईलेक्स डि.सि. १०० ml.को ४४ बोतल, PHENSERLTM १०० ml को ३ बोतल र Replin १००ml को १३ बोतल गरी जम्मा ६० बोतल लागुऔषध सहित निज बिक्की कुमार कारकलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता तथा डिएसपी बिनोद घिमिरेले जानकारी दिनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !