सिरहा ,असार ६ गते सनिवार ।
शान्ती सुरक्षाको दृष्टिकोणले अत्यन्तै चुनौतीपूर्ण मानिएको सिरहा जिल्लामा प्रहरी प्रमुख उमा प्रसाद चतुर्बेदीले आफ्नु १३ महिना कुशलतापुर्वक बिताउनुभएको छ । जिल्लाका प्रिय प्रहरी प्रमुखका रूपमा मात्रै होईन आफ्नु छुट्टै पहिचान समेत बटुल्न सफल हुनु भएका एसपी चतुर्बेदी एक ब्यावसायीक, निष्ठावन र सदाचार प्रहरी अधिकृतका रूपमा समेत रहेको चर्चा प्रहरी भित्रभित्रै हुने गर्छ ।

प्रहरी संगठनप्रति दाग आउन दिनुहुन्न, संँगठनको ओहोदा र पदिय मर्यादाको सदैव ख्याल गर्नुपर्छ । इमान्दारीतालाई कहिल्यै मर्न दिनुहुन्न भनी विशेष जोड दिदै आएका उहाँलेे आइजी साबबाट भएको निर्देशिकाको सदैव अक्षरंश पालना गर्दैआउनु भएको छ । आइजी साब र गृहमन्त्री ज्युको निर्देशनलाई पालना गर्ने म एउटा सिपाही मात्रै हुँ भन्नुभएको संगठनको आस्थाप्रति सदैव चल्दै आउनु भएका उहाँले जनताको आड भरोसालाई कहिल्यै मर्न दिनुभएनन् ।
सदैव कानुनको दायरा र ओहोदामा रही अघि बढ्ने उहाँ सिरहा आएपछि झन् शिखरको चुचुरोमा पुग्नु भयो । अन्यायमा परेकालाई न्याय दिने, दिन दु:खीको सहारा बन्न पाउँदा आनन्दित मात्रै हुनुभएको छैनन् की प्रफुल्लित समेत हुनुभयो । जागीरको यो दौरानमा उहाँ कयौं ठाउँमा सरुवा हुनुभयो । जहाँ बसेपनि जनताको जनताको सेवा गर्नुभयो । उहाँले सिरहाआएर पनि धेरै उपलब्धिमूलक कार्य गर्नुभयो ।



