कञ्चनपुर,असार ६ गते सनिवार ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्वर १० मा बस्दै आएकी ९ बर्षीया बालिकामाथि बलात्कार भएको हो ।
बिहीबार राति बालिकामाथि फुपुको छोरा दाई नाता पर्ने २० बर्षीय बीरेन्द्र दयालले बलात्कार गरेका हुन् ।
बैतडी जिल्लाको मैलौली घर भएकी बालिका केहि दिन यतादेखि फुपुको घरमा बस्दै आएकी थिइन । बालिकाको परिवारले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जबरजस्ती करणीको उजुरी दिएपछि अहिले बीरेन्द्र दयाल प्रक्राउ परेका छन्।
घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमरबहादुर थापाले जानकारी दिनु भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !