लहान ,असार ६ गते सनिवार ।
सिरहाको प्रहरी प्रमुख रहँदा चतुर्बेदीले उत्कृष्ट काम गर्दै सिरहाका जनताको मनमा बस्न सफल भएका थिए। उनले सिरहामा अपराध नियन्त्रण तथा सुरक्षाका कुरामा उल्लेखनीय काम गरेका छन्। पछिल्लो समय विश्वमै महामारीको रुप लिएको कोरोना भाइरसविरुद्ध युवाहरुलाई एकत्रित र एकतावद्ध बनाउन एसपी चतुर्बेदीले सिरहामा ‘प्रहरीको साथी म’ नामक अभियान सुरु गरेका थिए । यसका साथै ‘प्रहरी मेरो साथी’, ‘मुस्कानसहितको प्रहरी सेवा’, ‘टोलटोलमा प्रहरी’ लगायतका अभियान जारी छन्। आफ्नो १३ महिने कार्यकालमा सिरहामा प्रहरीको प्रमुख रहँदा उमा प्रसाद चतुर्बेदीले जनतामझ लोकप्रिय रहे।
शान्ती सुरक्षाको दृष्टिकोणले अत्यन्तै चुनौतीपूर्ण मानिएको सिरहा जिल्लामा प्रहरी प्रमुख उमा प्रसाद चतुर्बेदीले आफ्नु १३ महिना कुशलतापुर्वक बिताउनुभएको छ । जिल्लाका प्रिय प्रहरी प्रमुखका रूपमा मात्रै होईन आफ्नु छुट्टै पहिचान समेत बटुल्न सफल हुनु भएका एसपी चतुर्बेदी एक ब्यावसायीक, निष्ठावन र सदाचार प्रहरी अधिकृतका रूपमा समेत रहेको चर्चा प्रहरी भित्रभित्रै हुने गर्छ ।
प्रहरी संगठनप्रति दाग आउन दिनुहुन्न, संँगठनको ओहोदा र पदिय मर्यादाको सदैव ख्याल गर्नुपर्छ । इमान्दारीतालाई कहिल्यै मर्न दिनुहुन्न भनी विशेष जोड दिदै आएका उहाँलेे आइजी साबबाट भएको निर्देशिकाको सदैव अक्षरंश पालना गर्दैआउनु भएको छ । आइजी साब र गृहमन्त्री ज्युको निर्देशनलाई पालना गर्ने म एउटा सिपाही मात्रै हुँ भन्नुभएको संगठनको आस्थाप्रति सदैव चल्दै आउनु भएका उहाँले जनताको आड भरोसालाई कहिल्यै मर्न दिनुभएनन् ।
सदैव कानुनको दायरा र ओहोदामा रही अघि बढ्ने उहाँ सिरहा आएपछि झन् शिखरको चुचुरोमा पुग्नु भयो । अन्यायमा परेकालाई न्याय दिने, दिन दु:खीको सहारा बन्न पाउँदा आनन्दित मात्रै हुनुभएको छैनन् की प्रफुल्लित समेत हुनुभयो । जागीरको यो दौरानमा उहाँ कयौं ठाउँमा सरुवा हुनुभयो । जहाँ बसेपनि जनताको जनताको सेवा गर्नुभयो । उहाँले सिरहाआएर पनि धेरै उपलब्धिमूलक कार्य गर्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !