काठमाडौं,असार ६ गते सनिवार ।
‘सिंघम’ प्रहरी अधिकृतका रुपमा चिनिएका नेपाल प्रहरीका नायब उपरीक्षक (डीएसपी) कुमाेध ढुंगेललाई साधारण तारेखमा छुटेका छन् ।
लुटेरासँगको सम्बन्ध रहेको अभियोगमा पक्राउ परेका डीएसपी ढुंगेललाई साधारण तारेखमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको हो ।
२०७५ चैत २६ गते लालेन्द्र शेरचनको काठमाडौंस्थित घर लुट्ने लुटेरासँग सम्बन्ध रहेको अभियोगमा डीएसपी ढुंगेल पक्राउ परेका थिए ।
ढुंगेललाई अनुसन्धानका लागि महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको थियो ।
लुटपाटमा संलग्न विकास श्रेष्ठसँग फोन सम्पर्क भएको देखिएपछि ढुंगेललाई निलम्बन गरिएको थियो । उनै श्रेष्ठको बयानले ढुंगेल पक्राउ परेका थिए ।
अदालतको यो आदेशसँगै डीएसपी ढुंगेल नियमित काममा फर्किन पाउनेछन् । साधारण तारेखसँगै डीएसपी ढुंगेलको निलम्बन पनि फुकुवा भएको छ ।
प्रहरीभित्र डीएसपी ढुंगेललाई अपराधी इन्काउन्टर स्पेसालिस्टका रुपमा चिनिने गरिन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !