काठमाडौँ, असार ६ गते सनिवार ।
भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने लिंक रोडबारे नेपालमा असमझदारी पैदा भएको बताएका छन् । सोमबार उत्तराखण्ड जनसंवादलाई सम्बोधन गर्दै सिंहले धार्चुला–लिपुलेक–मानसरोवर सडकबारे नेपालमा असमझदारी सिर्जना भएको बताएका हुन् ।

सिंहले मानसरोवर यात्रामा जाने तीर्थयात्रीले पहिले सिक्किमको नथुला पास हुँदै यात्रा गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै अब सीमा सडक संगठन९बीआरओ० ले निर्माण गरेको लिंक रोडमार्फत सहज यात्रा हुने बताए । उनले नेपाल र भारतबीच घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै भने, ‘हाम्रो छिमेकी देशमा यस सडकलाई लिएर केही असमझदारी सिर्जना भएको छ ।
भारत र नेपालबीचको सम्बन्ध सामान्य होइन । नेपाल र भारतबीच रोटी र बेटीको सम्बन्ध रहेको छ ।’ सिंहले नेपाल र भारतबीच सामाजिक, भौगोलिक र सांस्कृतिक सम्बन्धका साथै आध्यात्मिक सम्बन्ध पनि रहेको बताए । ‘भारत–नेपाल सीमाका बारेमा एक खालको भ्रम सिर्जना भएको छ । त्यसलाई वार्ताकै माध्यमबाट समाधान गरिनेछ । नेपाली नागरिकप्रति भारतमा कहिल्यै कटुता देखिएको छैन,’ सिंहले भने । नेपाल र भारतबीच धार्मिक र ऐतिहासिक सम्बन्ध रहेको चर्चा गर्दै उनले भने, ‘बाबा पशुपतिनाथलाई हामीले कसरी बिर्सन सक्छौं । बाबा पशुपतिनाथ होस् वा हाम्रो काशी विश्वनाथ, सोमनाथ यी सबैलाई अमरनाथसँग कसरी अलग गर्न सकिन्छ ? यो सम्बन्ध यो लोकको होइन, म यो सम्बन्ध अर्कै लोकको हो भन्नेमा विश्वास राख्छु । यो सम्बन्धलाई कसैले चाहेर पनि परिवर्तन गर्न सक्दैन ।’
त्यस्तै महाकाली नदीको उपस्थिति कोलकाताको कामख्या मन्दिरदेखि भारतीय सेनाको गोर्खा रेजिमेन्टसम्म रहेको उल्लेख गर्दै रक्षामन्त्री सिंहले भने, ‘कोलकाताको कामख्यादेखि विन्ध्याचलसम्म सबैतिर महाकाली रहेकी छिन् । उत्तराखण्डको गाउँगाउँमा महाकालीका भक्त छन् । यस्तो अवस्थामा नेपाल भारतको सम्बन्ध कसरी टुट्न सक्छन् । धार्चुलाको अगाडि जति तारबार लगाए पनि यो सम्बन्धलाई तोड्न सकिँदैन ।’ त्यस्तै अहिले आफूले रक्षामन्त्रीको पनि जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गर्दै सिंहले भने, ‘भारतीय सेनामा गोरखा रेजिमेन्ट छ, जसले पटक–पटक शौऱ्य र पराक्रमको परिचय दिएको छ ।
त्यो गोरखा रेजिमेन्टको पनि यस्तै उद्घोष छ, ‘जय महाकाली, आयो गोरखाली ।’ यसअघि पनि भारतीय रक्षामन्त्री राजनाथ सिंहले विभिन्न सञ्चारमाध्यमसँगको साक्षात्कारमा लिपुलेकमा नेपालसँग उत्पन्न भएको सीमा विवाद वार्ताद्वारा नै हल गर्ने बताएका थिए । रक्षामन्त्री सिंहले नै गत वैशाख २६ गते नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडकमार्गको उद्घाटन गरेका थिए ।
भारत ही नहीं पूरे विश्व के समक्ष COVID-19 गम्भीर संकट पैदा हुआ है। मैं बधाई देता हूँ हमारे प्रधानमंत्री श्री @narendramodi को जिन्होंने बड़ी सूझबूझ और इच्छाशक्ति का परिचय देते हुए इस चुनौती पर विजय पाने जो कदम उठाये हैं उसकी सराहना WHO ने भी की है। pic.twitter.com/s8UrnBpgER
— Rajnath Singh (मोदी का परिवार) (@rajnathsingh) June 15, 2020
