कृष्णा यादब
वीरगंज,असार ५ गते शुक्रबार ।
पर्सा प्रहरीले लागु औषध ईन्जेक्सन सहित ४ जनालाई नियन्त्रणमाह लिएको छ । लागु औषध घरमा खरिद बिक्रि
सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साका क्राइम ब्रान्चका इन्चार्ज प्रहरी निरीक्षक रविभूषण यादव नेतृत्वमा गएको टोलीले वीरगंज वडा नम्बर १५ ब्रहमचौक विभिन्न सवारीसाधन चेक जाँच ना ५ ख ९१६४ नम्बरको ट्रकबाट अबैध लागु औषध गाँजा १ किलो फेला परेकोले सो लागु औषध गाँजा सहित चालक जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.वडा नं.११ बस्ने दिनुप बर्तौला र सहचालक बर्ष ३४ को राजिव बानिया सहित ट्रकलाई लाई नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्ते जनकारि दिनुभयो ।
त्यसैगरि पर्सा प्रहरीले वीरगंजको वडा नं १५
स्थित नेशनल मेडिकल कलेज तर्फ साईकल चलाई आउदै
गरेका जिल्ला पर्सा बी.म.न.पा.वडा नं.१५ बस्ने बर्ष २३ को अयस कुमार सिँह र ऐ.ऐ.बस्ने बर्ष १९ को अरुण सिँहलाई शंका लागी शरिर तथा बोकी ल्याएको तरकारीको झोला समेत चेकजाँच गर्दा उक्त तरकारीको झोलामा लुकाई छिपाई राखि ल्याएको लागु औषध ईन्जेक्सन नुर्फिङ ४१६ ,डाईजोपाम ४१७ र फेनारगन ४१७ एम्पुल गरि जम्मा १२५० एम्पुल लागु औषध फेला परेकोले साईकल सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले बताउनुभयो ।
पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक पन्तले लकडाउन सकेपछि निमित्त रुपले अवैध तस्करीको समान नियन्त्रणमा लिएपछि पर्सा जिल्लाको ठुला ठुला तस्करहरुमा हडकम्प मच्चिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !