Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सिमानाकाे पीडा : नेपाली किसानकाे हातमा लालपुर्जा छ,तर जमिन भारतकाे कब्जामा

कञ्चनपुर,असार ५ गते शुक्रबार ।

कञ्चनपुरको बेलौरी नगरपालिका- १ फटियाका कर्ण बहादुर सुनार १५ कट्टा जमिनका मालिक हुन् । तर, उनीसँग जमिनको लालपुर्जा मात्रै छ, जमिन छैन । लालपुर्जा भएको जमिन कहाँ गयो भनेर कतै आश्चर्यमा नपर्नु होला !

बेलौरी नगरपालिका- १ फटियाका कर्णबहादुर सुनारले २० वर्षदेखि आफ्नो जमिन उपभोग गर्न पाएका छैनन । सुनारको जमिन नेपाल–भारत सीमाको पिलर नम्बर २००-२०१ को बीचमा पर्दछ । सो जमिन भारतीय पक्षले आफ्नो दाबी गरेपछि उनी जमिनविहीन बनेका हुन् ।

विस २०२८ सालदेखि बसोबास गर्दै आएको सुनारको जमिनको २०३५ सालमा कित्ताकाट गरी नेपाल सरकारले २०३६ सालतिर जग्गा धनी लालपूर्जा दिएको थियो । सुनारको जमिन २०५७ सालदेखि भारतीय पक्षले कब्जा गरेपछि उनले जमिन उपभोग गर्न पाएका छैनन् ।

पीडित सुनार भन्छन्, ‘भारतीय पक्षले बेला-बेलामा धम्काउने, दु-र्व्यवहार गर्ने गर्दछन् । के गर्ने कागजमा मात्रै जमिन छ । २०० र २०१ को दूरीमा पर्ने उक्त १५ कट्टा जमिन भारतीय पक्षले खेती लगाउन नदिएर २० वर्षदेखि बाँझै छ ।’

‘वर्षौंदेखि उपभोग गर्दै आएको जमिन आफूले उपभोग गर्न नपाएको २० वर्ष भैसकेकाे सुनाउँदै उनले भने, ‘फिर्ताका लागि कहीँकतैबाट समेत पहल भएको छैन ।’ जमिन उपभोग गराईदिने पहल कसैले नगरको उनको दुखेसो छ ।

मानबहादुरकाे पीडा पनि उस्तै

त्यस्तै बेलौरी नगरपालिका–१, फटैयाका अर्का स्थानिय मानबहादुर सुनारको समस्या उस्तै छ । उनको पनि नेपाल भारत पिलर नम्बर २०० नजिकै रहेको डेढ बिगाह जमिन भारतीय पक्षको धम्कीका कारण आधा बाँझो र आधा आवादी छ । ‘भारतीय वन विभागका तर्फबाट बेला–बेलामा आई धम्काउने र जोतिरहेका बेला हल गोरु खोलेर लिएर जाने गर्छन् । टेक्टर नै लिएर जमिन उपभोग नगर्न भन्दै धम्की दिन्छन्,’ उनले दुखेसो पोखे, ‘हातमा लालपुर्जा भएर के गर्ने जमिन उपभोग गर्न पाएको छैन ।’ उनले पनि २० वर्षदेखि जमिन उपभोग गर्न नपाएको दुखेसो पोखे ।

उनीहरु मजदूरी गरेर गुजारा चलाउँदै आएका छन् । ‘सरकारले यो जग्गा हाम्रो होइन भन्न सकोस्, भारतमै पर्छ भनी किटानी गरोस् । हैन भने हामीले लालपूर्जा भएको जग्गा जोतपोत गर्न पाउनुपर्छ,’ उनीहरु भन्छन् ।

दुवै नेपाली नागरिकहरुको जमिनबारे स्थानीय प्रशासन अझैसम्म पनि माैन देखिएको छ । विस २०६७ सालमा संसदीय समिति र तत्कालीन कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी बुद्धिबहादुर खड्काको नेतृत्वमा आएको टोलीले पीडित नेपालीहरुको लालपुर्जाको प्रतिलिपी पनि लगेर गएको थियो ।

के भन्छन् स्थानीय अगुवा ?

जिल्लाको दक्षिणी क्षेत्र साविक रौतेलीबिचुवादेखि परासनसम्मको नेपाली भूमि ठाँउ-ठाँउमा अतिक्रमण भएको भन्दै बेलौरीका स्थानीय राजनीतिक दलका अगुवाहरूले अतिक्रमित भूमि फिर्ता गराउन सरकारसँग अनुरोध गरेका छन् । कूटनीतिक तरिकाले अतिक्रमित भूमि फिर्ता हुनुपर्ने धारणा अघि सारेका छन् ।

नेपाली काँग्रेसका क्षेत्रीय सभापति हरेन्द्र विष्टले भारतले दक्षिणी क्षेत्रमा दुई जना नेपालीको मात्र जमिन अतिक्रमण नगरेको भन्दै धेरै नेपालीको जमिन अतिक्रमण गरेको बताए । ‘जमिनको लालपुर्जा नेपाली संग छ, मालपोत तिरिरहेका छन्,’ उनले भने, ‘भारतले जमिन कमाइरहेको छ ।’ उक्त समस्या राष्ट्रिय भएकाले दुवै देशका कूटनीतिज्ञ, सीमाविदहरु बसेर समस्या समाधान गर्नुपर्नेमा उनले जोड दिए ।

सीमा स्थायित्व नहुँदा भारतले बेला-बेलामा यस्तो समस्या खडा गर्ने गरेको भन्दै स्पष्ट सीमाङ्कन गरेर विवाद टुङग्याउनुपर्नेमा सरोकार वालाहरुको जोड छ । नेपालले पनि भारतकै जस्तो सीमा क्षेत्रमा सीमा सुरक्षा बल खडा गरेर आफ्नो भूमिको रक्षा गर्नुपर्ने स्थानीयको भनाई छ । सीमा क्षेत्रमा पिल्लर हराएका कारण पनि दुवै देशका अधिकारी राखेर सदाका लागि समस्या समाधान हुनुपर्ने सरोकारवालाहरु बताउँछन् ।

राज्य गम्भीर नुहँदा समस्या

बेलौरी नगरपालिका वडा नम्बर १ का अध्यक्ष रतन बहादुर शाहीले कञ्चनपुरको सीमा समस्यालाई राज्यले गम्भिर ढङगले नबुझ्दा समस्या भएको बताए । पटक पटक आफुहरुले सरकारलाई यस क्षेत्रका यस्ता मुद्दाबारे जानकारी गराए पनि राज्यका निकाय मौन बसेका कारण भारतीयहरुले दैनिकजसाे सीमा क्षेत्रमा अपराधिक घ’टनाहरु घटाउने गरेको उनको भनाइ छ । कतिपय ठाँउमा ‘सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल छैन । सोझा गरिब निमुखा नेपालीलाई जे गरे पनि हुन्छ भन्ने परेकाे छ,’ उनले भने, ‘हेपाहा प्रवृत्तिको उपज हो याे ।’ सरकारी बेवास्ताका कारण दक्षिणी भूमि जोखिममा रहेको उनको भनाइ छ ।

दक्षिणी क्षेत्रका अगुवा पूर्व माननीय सांसद दिवान सिंह विष्टले सीमा क्षेत्रमा यस्ता समस्या विगतदेखि देखिएकाले दुवै देशका अधिकारीले समाधान गर्नुपर्नेमा जोड दिए । नेपालीको जमिन भारतमा राखुन्जेल उनीहरुको वैकल्पिक व्यवस्था गर्न समेत सांसद बिष्टले माग गर्नुभयो । ‘यदि नेपाल सरकारले उतिबेला लालपुर्जासहित जमिन दिएकाे हाे भने भारतले आफ्नो भन्दै हड्पेको जमिनबारे सरकारले नेपाली नागरिकलाई स्पष्ट जवाफ दिनुपर्छ’, उनले भने ‘नेपाली भूमिमाथी भारतले प्रहार गर्नु निन्दनिय छ । यहाँ वीर सहिद गोबिन्द गौतमले रगतको बलिदानी दिँदा समेत कञ्चनपुर सीमा समस्यामा सरकार उदासिन देखिनुले यो सरकारप्रति जनतामा निराशा छाएको छ ।’

नेपाल भारत दुबै देश बिच उच्चस्तरिय कुटनितिक पहल गरेर मात्रै यहाँको सिमा समस्या समाधान हुने भन्दै अन्तर्राष्ट्रिय सीमा सरोकार समूहका संयोजक पल्लवराज भट्टले आफूहरुले पटक-पटक सरकारको ध्यानाकर्षण गराउँदा समेत सरकारले उपेक्षा गरेको बताए । तर पछिल्लो समय लिपुलेक, लिम्पियाधुरासहितको भुभागलाई समेटी नयाँ नक्सा जारी गरेर सरकारले सह्रानीय काम गरकाे बताउँदै उनले भने, ‘अब हराइएका पिल्लर र मिचिएका सीमासम्बन्धी सरकारले उच्च स्तरीय कुटनैतिक पहल गरोस् ।’

सरकारप्रति आशा मारिसकेका सीमापीडित कृष्ण बहादुर सुनार अब वर्तमान सरकारलाई एउटै अनुरोध गर्छन्, ‘कि त लालपुर्जा भएको जमिन तत्काल फिर्ता गरियाेस्, नभए जग्गाधनी लालपुर्जा नेपालीलाई दिनु र जमिन भारतलाई दिनुको कारण खुलाई मजदुरीको भरमा बाँचेको मेरो परिवारलाई सरकारले वैकल्पिक व्यवस्था गरोस् ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh