चितवन ,असार ५ गते शुक्रबार ।
ठोरी गाउँ पालिका को छिमेकी माडी नगर पालिकाको सुकुम्बासी समुदाय बादरझुला बस्ती यतिबेला आन्दोलित हुन परेको छ ।माडी नगर पालिका सञ्चालित विभिन्न योजनाहरुमा चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले अवरोध गरेको भन्दै माडीको सुकुम्बासी बादरझुला समुदाय आन्दोलनमा उत्रिएको छ ।
नगरपालिकाबाट दिएको ५ लाख बजेटबाट बाँदरझुलामा बाटो स्तरोन्नति भइरहँदा निकुञ्ज प्रशासनले काम रोक्न लगाई जे.सि.बी. फिर्ता गरिदिएको थियो । त्यसैगरी कुसुमखोलाबाट बिस्थापित भई माडी ७, ८ र ९ मा बसोबास गरिरहेका चेपाङ समुदायको आवास निर्माण जारी रहेकोमा निकुञ्जले काम रोकिदिएको छ । उता, वागमती प्रदेश सरकारद्वारा निर्माणाधीन माडी ९ को नमुना चेपाङ बस्तीमा बाटो निर्माण कार्यमा रोक लगाइएको छ ।
राज्यकै एक अंगले विकासे काम अगाडि बढाउने तर अर्को अंगले रोक्ने गरेको भन्दै माडीका सुकुम्बासी समुदाय सडक आन्दोलनमा उत्रिएका हुन् । निकुञ्जको अवरोध र हस्तक्षेप धेरै बढेको भन्दै आफूहरु सम्बन्धित कार्यालयमा तालाबन्दीसहितको शान्तिपूर्ण आन्दोलनमा उत्रिएको बाँदरझुला सुकुम्बासी संघर्ष समितिका अध्यक्ष राजकुमार चेपाङले जानकारी दिनुभयो । हाल रोकिएका सबै योजनाहरु पुरा हुन दिनुपर्ने, बाँदरझुलामा खेतमा ट्रयाक्टर चलाउन दिनुपर्ने इत्यादि माग राखेका छन् । अझै पनि बादरझुला बस्तिमा ट्रयाक्टरले खेत जोत खन गर्नु दिदैन निकुञ्ज प्रशासनले । बादरझुलका किसान हरु बाध्य भएर हल गोरु बाट जोतखन गरेर बालिनालि लगाइ रहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !