काठमाडाैँ,असार ५ गते शुक्रबार ।
गण्डकी प्रदेशमा शुक्रबार थप ३२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हो । अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ३८० पुगेको प्रदेशकाे स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।
शुक्रबार पुनः थपिएका नयाँ ३२ जना संक्रमितहरुमा बाग्लुङका १० जना, तनहुँका १७ जना र पर्वतका ५ जना रहेका छन् । सबैजना सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बसिरहेकाे निर्देशनालयले जनाएकाे छ ।
हाल उनीहरू सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको समेत जनाइएकाे छ ।
यसअघि शुक्रबारै बिहान मात्र प्रदेशमा २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे थियाे । स्वास्थ्य निर्देशनलायका अनुसार बिहान पुष्टि भएकामा बाग्लुङका १४ जना नवलपरासी पूर्वका २ जना, कास्कीका ६ र स्याङ्जाका २ जना रहेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !