Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

पाकिस्तान,चिन र नेपालसँग सीमा विवाद मोदीको अग्निपरीक्षा


काठमाडौं ,असार ४ गते बिहिवार ।

पाकिस्तान, चीन र नेपालसँग प्रायः भारतको सीमा विवाद भइरहन्छ । तर अहिले तीनवटै छिमेकीसँग एकसाथ सीमामा सामना गर्नु भारतका लागि चुनौती बनेको हो ।

पछिल्लो मामला चीनसँगको हो, जहाँ विवाद वार्तादेखि झडपसम्म पुगेको छ ।

भारतीय सेनाका अनुसार भारत–चीन सीमास्थित गलवान उपत्यकामा सोमबार राति दुवै देशका सेनामा कडा संघर्ष भयो । यसमा भारतका २० सैनिक मारिए । भारतले झडपमा चीनतर्फ पनि क्षति भएको दावी गरेको छ । तर चीनले अहिलेसम्म यसबारेमा कुनै आधिकारिक जानकारी दिएको छैन ।

सो घटनापछि दुवै देशबीच तनाव अझ बढेको छ । अक्साई चीनमा दुवै देशबीच लामो समयदेखि टकरावको अवस्था रहँदै आएको छ ।

अक्साई चीनस्थित गलवान उपत्यकामा भारतले रक्षासम्बन्धी गैरकानुनी निर्माण गरेको चीनको आरोप छ । विवादित क्षेत्रमा आफ्ना गतिविधि बढाउँदै दुवै देशले सीमामा सैनिकको संख्या बढाउन थालेका छन् ।

नेपाल र पाकिस्तानसँगको विवाद
हालैका महिनामा भारतका तर्फबाट नेपालसँग पनि भारतको विवाद बढेको छ । कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई लिएर दुवै देशका बीच विवाद बढेको हो ।

नेपालका अनुसार भारतको संविधानको धारा ३७० हटाएपछि भारतका तर्फबाट जारी नयाँ नक्सामा विवादित क्षेत्रलाई भारतको हिस्सामा देखाइएको छ । त्यसपछि नेपालले यी तीन क्षेत्रलाई आफ्नो भूभाग देखाउने गरी नयाँ नक्सा प्रकाशित ग-यो । यो नक्सालाई नेपालको संसदको तल्लो सदनले स्वीकृत गरिसकेको छ ।

भारत र पाकिस्तानबीच कश्मीरलाई लिएर सधैँ तनाव रहँदै आएको छ । गत वर्ष भारतले संविधानको धारा ३७० हटाएपछि दुई देशबीचको सम्बन्ध अझ बिग्रिएको छ ।

गिलगित–बलतिस्तानमा चुनाव गराउने सम्बन्धमा पाकिस्तानको सर्वोच्च अदालतको आदेशप्रति भारतले आपत्ति जनाएको छ । त्यसपछि भारतीय च्यानलले पाकिस्तान प्रशासित कश्मीर (पीओके)को मौसमी विवरण प्रसारण गर्न थाले भने प्रत्युत्तरमा पाकिस्तानी रेडियोले भारत प्रशासित कश्मीरको मौसमी विवरण प्रसारण गर्न थाल्यो ।

यस प्रकारका तीनै छिमेकी मुलुकसँग भारत सीमा विवादमा उत्रिएको छ । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालसँग ‘रोटीबेटीको सम्बन्ध’ भन्दै समस्यालाई वार्ताबाटै समाधान गर्ने बताएका छन् । यसका बाबजुद नेपाल सन्तुष्ट हुन सकेको छैन ।

यस्तै, सीएए र एनआरसीका बारेमा बंगलादेशसँग पनि भारतको सम्बन्ध बिग्रिएको छ । नागरिकता कानुनलाई लिएर विरोध प्रदर्शनका बीच बंगलादेशका विदेश मन्त्री अब्दुल मोमिन र गृहमन्त्री असद उज्जमान खानले निर्धारित भारत भ्रमण रद्द गरेका थिए ।

कोरोना भाइरसको लडाइँ र गिर्दो अर्थव्यवस्थाका बीच सीमामा छिमेकीसँगको तनाव भारतका लागि एउटा गम्भीर स्थिति बनेको छ । 

तीनै छिमेकीसँग एकसाथ संघर्ष किन ?
भारतको अंग्रेजी अखबार ‘इन्डियन एक्सप्रेस’ मा रक्षा मन्त्रालयका जानकार  सुशान्त सिंहले जनाएअनुसार भारतको विदेश नीतिको यो परीक्षाको घडि हो । तीनै देशसँग लामो समयदेखि विवाद रहँदै आए पनि पछिल्लो समय विवाद चर्किने स्थिति तयार भएको हो ।

सुशान्त सिंह भन्छन्, ‘पाकिस्तानसँग नियन्त्रण रेखामा जे स्थिति छ, त्यो विगत ३०÷३१ वर्षदेखि चल्दै आएको छ । सन् २०१५÷१६ सम्म केही हदसम्म स्थिति सामान्य भएको थियो तर त्यसपछि सम्बन्ध बिग्रिँदै गयो । सीमामा बारम्बार गोली हानाहान हुन्छ, दुवै देशले लामो समयदेखि राम्रो सम्बन्ध देखेका छैनन् । यी दुई देशको घरेलु राजनीतिमा पनि आपसी विवाद ठूलो मुद्दा बन्ने गरेको छ ।’

उनका अनुसार केवल चीनसँग भारतको विवाद हलुका र सानो क्षेत्रमा रहँदै आएको थियो । तर यसपटक व्यापक विवाद देखिएको छ, करिब २००÷३०० किलोमिटरको दायरामा फैलिएको छ ।

चीन जहाँ बसिरहेको छ, त्यहाँ पहिला थिएन । सो क्षेत्रलाई भारतले आफ्नो दावी गर्दै आएको छ । भारतले चीनसँग तनाव बढोस् भन्ने चाहेको छैन तर सैनिक मारिएको अवस्थामा भारतका लागि पनि चुप लागेर बस्न कठिन देखिएको छ । यस्तोमा दुवै देशका बीच वार्ता प्रभावित हुनु स्वाभाविक हो ।

नेपालको सन्दर्भमा कुरा गर्ने हो भने नेपाल र भारतबीच निकै मधुर सम्बन्ध रहँदै आएकोमा विगत केही वर्षदेखि दुई देशबीच तनाव देखिएको हो ।

जवाहरलाल नेहरु विश्वविद्यालयका प्रोफेसर र अन्तर्राष्ट्रिय मामलाका जानकार एसडी मुनीका अनुसार भारत र नेपालबीचको सम्बन्धमा सन् २०१५ मा तिक्तता देखिएको हो, जब भारतले नाकाबन्दी गरेको थियो । तर यो अवस्था आउनुको पनि विभिन्न कारण छन् । नेपालको यो व्यवहारको पछाडि चीनको प्रोत्साहन एउटा कारण हुन सक्छ । नेपाल प्रायः चीनतर्फ झुकाव राख्छ ।

चीन दक्षिण एसियामा आफ्नो प्रभाव बढाउन चाहन्छ र यसका लागि उसले आफ्नो आर्थिक संसाधन र कुटनीतिको मद्दत लिन्छ । सन् २०१५ मा भारत र नेपालबीच निकै मनमुटाव रह्यो, यसको फाइदा चीनले उठायो ।

एसडी मुनी भन्छन्, ‘चीनको नेपालमाथि नजर निकै पुरानो हो, चीनका पहिलो कम्युनिस्ट नेता र संस्थापक माओत्से तुङ्गले भनेका थिए कि तिब्बत हाम्रो हत्केला हो भने लद्दाख, नेपाल, भूटान, सिक्किम र अरुणाचल पाँच औंला हुन् । हत्केला त हामीले लियौं अब पाँच औंलालाई पनि स्वतन्त्र बनाउनु छ । आजको समयमा क्षेत्रीय विस्तार गर्नु कठिन छ त्यसैले चीन यी क्षेत्रमा आफ्नो प्रभाव बढाएर विस्तार गर्न चाहन्छ ।’

उनका अनुसार नेपालमा एउटा नयाँ राष्ट्रवाद जन्मिएको छ, जसको ठूलो अंश भारतविरोधी छ । ‘नेपालको राजनीतिक कारण पनि छ, बाहिरी माहोल पनि त्यस्तै छ, चीनको प्रभाव, नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनतर्फ झुकाव राख्नु र भारत विरोधी त्यहाँको लहर, यस्ता कयौं कारण छन् जसले गर्दा आपसमा विवाद बढ्यो,’ प्रोफेसर एसडी मुनी भन्छन् ।

पाकिस्तानसँग पुरानो झगडा
इस्लामावादका बीबीसी संवाददाता आसिफ फारुकी पाकिस्तानसँग भारतको झगडालाई तत्काल त्यति ठूलो मान्दैनन्, जति अहिले चीनसँग भारतको भइरहेको छ । यद्यपि, पाकिस्तानलाई यसको कुटनीतिक फाइदा हुन सक्ने उनको भनाइ छ ।

उनी भन्छन्, ‘पाकिस्तानसँग जो विवाद छ, विगत ७० वर्षदेखि जारी छ । त्यसमा उतार–चढाव भइरहने गरेको छ । पाकिस्तान र भारतकाबीच यहाँसम्म कुरा पुगिसकेको छैन जति चीन र भारतका बीच अहिले देखिएको छ ।’

पाकिस्तानले कुटनीतिक रुपमा यसलाई प्रयोग गर्न सक्छ । उनी भन्छन्, ‘जस्तो कि, भारत संयुक्त राष्ट्र सुरक्षा परिषदको अस्थायी सदस्य बनेको छ, पाकिस्तानले भन्न सक्छ कि जुन देश आफ्नो छिमेकीप्रति आक्रामक छ र राम्रो सम्बन्ध राख्न सक्दैन, ऊ संयुक्त राष्ट्रसंघको यति ठूलो पदको हकदार हुन सक्दैन । पाकिस्तानको सम्बन्धमा यतिमात्र हुन सक्छ, योभन्दा बढी केही हुँदैन ।’

तर एक साथ तीन मोर्चामा सिर्जना भएको समस्यालाई सुशान्त सिंह भारत सरकारको विदेश नीतिको विफलताको सूचक र एक चुनौती मान्छन् । उनका अनुसार छिमेकी मुलुकमा चीनको प्रभाव बढ्नु पनि भारतको कमजोर विदेश नीतिको उदाहरण हो । धर्मराउँदै गरेको अर्थव्यवस्था र कोरोनाभाइरसको खतराबीच भारत सरकारले यो मामिलालाई कसरी सुल्झाउँछ भन्ने हेर्न बाँकी नै छ । 

के भारतको नीति आक्रामक छ ?
पाकिस्तानमाथि सर्जिकल स्ट्राइक होस् या डोकलाममा चीनसँगको गतिरोध, भारतको आक्रामक विदेश नीतिकै परिणाम हो भनिन्छ ।

सुशान्त सिंह भन्छन्, ‘नेपालसँग त भारतको आक्रामक विदेश नीति रहँदै आएको छ भन्न सकिन्छ, नेपाल एउटा सानो मुलुक हो र त्यहाँ भारतको प्रभाव ज्यादा छ । यस्तोमा भारतले आफूलाई ठूलो दाजु र नेपाललाई सानो भाई ठानेको छ भनेर नेपालीहरुको मनमा पनि क्रोध छ ।’

चीनको सन्दर्भमा भने यस्तो नरहेको उनको बुझाइ छ । ‘चीनसँग भारतले यस्तो आक्रामकता देखाएको छैन, न त चीनलाई भड्काउने कोसिस नै गरेको छ, चीनको केमा आपत्ति हो भनेर चीसँग हालैको विवादमा स्पष्टता पनि छैन । भारत के चाहन्छ भन्ने पनि प्रष्ट रुपमा आइसकेको छैन,’ उनले भने ।

भारतले लद्दाखलाई केन्द्र शासित प्रदेश बनाएकोमा चीनको आपत्ति रहँदै आएको छ । उसले अक्साई चीनमा गलवान उपत्यका नजिकै भारतले एकतर्फ सडक निर्माण गरिरहेको आरोप लगाएको छ ।

चीनले गलवान उपत्यकाका बारेमा मात्र भारतको विरोध गरिरहेको छ भनेर मान्न मुस्किल रहेको उनी बताउँछन् । चीन नाथु ला र सिक्किमजस्ता ठाउँमा पनि मौजुद छ जहाँ दुई देश आमने–सामने भइसकेका छन् ।

पाकिस्तानको सन्दर्भमा विगत केही समय यता भारत सरकारले तुरुन्त जवाफी कारवाही गर्न थालेको छ, विगतमा भारत सरकारले यस्तो व्यवहार देखाएको थिएन ।

अब के हुन्छ ?
जानकारहरुका अनुसार चीनसँग सीमामा जे स्थिति बनिरहेको छ, त्यो निकै गम्भीर छ । सन् १९६२ पछि लद्दाखमा दुवै सेनाका तर्फबाट मानवीय क्षति भएको थिएन । त्यसपछि अरुणाचल प्रदेश र सिक्किममा जे घटना भयो, त्यसमा पनि १९७५ पछि दुवैतर्फ सैनिकको मृत्यु भएको छैन ।

हालै लद्दाखमा भारतीय सैनिक मारिनु एउटा गम्भीर र तनावपूर्ण कुरा हो । यसमा भारत र चीनका बीच हुँदै आएको वार्तामा नकारात्मक असर पर्नेछ ।

एसडी मुनी भन्छन्, ‘भारतले तीनै देशसँग छुट्टाछुट्टै वार्ता थाल्नु पर्छ, नेपालको मामलामा भारतसँग जे प्रमाण छ, त्यो निकै पर्याप्त र बलियो छ, कयौं प्रमाणपत्रबाट नेपालको पक्ष कमजोर देखिन्छ, यस्तोमा नेपालसँग भारतले वार्ता गर्नुपर्छ ।’

चीनसँग वार्ता गर्दै धरातलीय रुपमा पनि आफू बजबुत हुनुपर्ने उनको भनाइ छ । ‘पाकिस्तानसँग हाम्रो पुरानो झगडा छ,’ उनले भने, ‘चीन, नेपाल र पाकिस्तानसँग अलग–अलग तरिका अपनाउनु पर्छ ।’

सुशान्त सिंह पनि यसलाई राजनीतिक रुपमा सुल्झाउन सकिने मुद्दा मान्छन् । उनका अनुसार अहिले चीनसँग सैन्यस्तरमा छलफल भइरहेको छ, तर यसबाट समस्या समाधान हुँदैन । यसलाई राजनीतिक र कुटनीतिक स्तरबाटै समाधान गर्न सकिने उनले बताए ।

उनले अगाडि भने, ‘भारत सरकारको विगत ६ वर्षदेखिको विदेश नीतिको परीक्षा भइरहेको छ, प्रधानमन्त्री नरेन्द्र मोदीले दुई–तीन पटक चीनका राष्ट्रपतिसँग भेटवार्ता गरिसकेका छन्, भारतले विगतका वर्षमा चीनमा कुटनीतिक स्तरमा जे निवेश गरेको छ, त्यसको नतिजा के आउँदा भनेर अब हेर्नुछ ।’

–बीबीसी हिन्दी

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh