नयाँदिल्ली ,असार २ गते मंगलवार ।
आज मंगलवार चीनसँगको झडपमा तीन सैनिकको मृत्युपछि भारतीय रक्षमन्त्री राजनाथ सिंहले सैन्य प्रमुखहरु तथा विदेशमन्त्रीसँग बैठक गरेका छन्।
सिंहले चिफ अफ डिफेन्स स्टाफ जनरल विपीन रावत र जल, थल तथा वायु तीनै सेनाका प्रमुखसँग छलफल गरेका हुन्।

त्यस्तै उनले विदेशमन्त्री डा. एस जयशंकरसँग पनि छलफल गरेको हो ।
करिब एक महिनादेखि चीनसँग सीमामा तनाव बढिरहँदा भारतीय सेना र रक्षा मन्त्रालयले यसलाई सानो मतभेदको रुपमा प्रस्तुत गर्ने प्रयास गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !