नयाँ दिल्ली, असार २ गते मंगलवार ।
नेपाल र भारतबीच तनावपूर्ण परिस्थिति बन्नुमा भारतको गम्भीर कुटनीतिक कमजोरी भएको नेपाल-भारत सम्बन्धका जानकार तथा भारतका वरिष्ठ राजनीतिज्ञ करण सिंहले बताएका छन् ।
सोमबार (आज) प्रेस विज्ञप्ती जारी गर्दै करण सिंहले सीमा विवाद पूरानो भएपनि गत नोभेम्बरमा नेपालले उक्त मुद्दा उठाउँदा भारतले गम्भीरतापूर्वक नलिएको बताएका हुन् ।
गत नोभेम्बरमै नेपालले सो विषय उठान गर्दा भारतले गम्भीरतापूर्वक नलिएको देख्दा आश्चर्य लागेको उनको भनाइ छ । त्यतिखेर तत्कालै विदेश सचिवस्तरीय वार्ताका पहल गर्नुपर्ने र आवश्यक परेको खण्डमा परराष्ट्रमन्त्री र प्रधानमन्त्री तहमा पनि संवाद हुनुपर्ने धारणा विज्ञप्तीमा उल्लेख गरिएको छ ।
करण सिंहले भारतका तर्फबाट भएको गम्भीर कूटनीतिक कमजोरीका कारण परिणामस्वरुप अहिलेको परिस्थिति सिर्जना भएको विज्ञप्तीमा उल्लेख गरेका छन् । भारतले नेपाली भू–भाग कालापानी क्षेत्रलाई समेत समेटेर गत नोभेम्बरमा नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपालले औपचारिक रुपमै विरोध जनाएको थियो ।
त्यसपछि नेपालले भारतलाई दुई/दुई पटकसम्म वार्ताका लागि आग्रह समेत गरेको थियो । नेपालको सो आग्रहलाई भारतले वेवस्ता गरेको थियो ।
यसैबीच करण सिंहले व्यक्तिगत र राजनीतिक नाता भएका हिसाबले पनि प्रधानमन्त्री केपी शर्मा ओलीले दुई मुलुकबीच गहिरो सामाजिक, सांस्कृतिक, परम्परागत, आर्थिक र राजनीतिक सम्बन्धका बाबजुद नेपाललाई सच्याउन नमिल्ने गरी सँधैका लागि भारतसँगको द्वन्द्वको अवस्थामा पु-याएको भन्दै दुःख लागेको पनि बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !