काठमाडौं ,असार २ गते ।
प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ३६ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको हो । सोमबार प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले असार महिनाको तलब भत्ता खानेगरि एसपीको सरुवा गरेका हुन् ।
सिरहाका प्रहरी उपरीक्षक (एसपी) उमा प्रसाद चतुर्वेदीको सरुवा भएको छ। एसपी चतुर्वेदीको प्रहरी प्रधान कार्यलय केन्द्रिय अनुशन्धान ब्युरो सिआईबि विशेष अपराध अनुसन्धान महाशाखा महाराजगंज काठमाडाैं सरुवा भएको छ।
सरुवा सूची अनुसार जिल्ला प्रहरी कार्यालय सिरहामा गण्डकी प्रदेश प्रहरी कार्यलय पोखरा ,कास्कीका एसपी उमाशंकर पंजियार लाई सिरहा पठाइएको छ ।
यस्तै अन्य जिल्लाहरुमा तनहुँमा एसपी अरुण पौडेल, बाँकेमा ओमबहादुर राना, धनकुटामा गोविन्द अधिकारी, डोटीमा जनकराज पाण्डेय, कास्कीमा जीवनकुमार श्रेष्ठ, महोत्तरीमा टिकाबहादुर केसी, भक्तपुरमा तारादेवी थापा, पूर्वी नवलपरासीमा दिपक रेग्मीलाई सरुवा गरिएको छ ।
पाल्पामा दिपकराज खरेल, इलाममा नविनराज राई, कपिल्वस्तुमा नवराज अधिकारी, उदयपुरमा भीमबहादुर दाहाल, सुर्खेतमा राजेन्द्रप्रसाद भट्ट, मोरङमा सन्तोष खड्का र गोरखामा सुरेन्द्रबहादुर गुरुङको सरुवा गरिएको जनाइएको छ ।
सरुवा भएका जिल्ला प्रमुख सबैको एक वर्ष अवधि पुगिसकेको छ ।
मुख्यालयका अनुसार सिरहाका उमाप्रसाद चतुर्वेदी अपराध अनुसन्धान ब्यूरो, गोरखाका ओम अधिकारी भरतपुर जुनियर तालिम केन्द्र, डम्बरबहादुर विकलाई रुपन्देही ट्राफिक, कास्कीका दानबहादुर कार्कीलाई विशेष ब्यूरो नक्साल, कपिलवस्तुका दिपशम्शेर जबरालाई अपराध अनुसन्धान विभाग, पाल्पाका दिपेन्द्र घर्ती क्षेत्रीलाई गण्डकी प्रदेश सशस्त्र प्रहरी गण, डोटीका दिपिल सिंह देउवालाई सुदुरपश्चिम प्रदेश दंगा गण, सुर्खेतका दिल्लीराज पन्तलाई सुदुरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण मुख्यालयमा पठाइएको छ ।
तनहुँका विनोद सिलवाललाई गण्डकी प्रदेश कार्यालय, पाँच नम्बर प्रदेश ट्राफिकका मधुसुदन लुइटेललाई प्रहरी जनसम्पर्क, पूर्वी नवलपरारीका मोहनप्रसाद पोख्रेललाई प्रहरी शिक्षालय रानीपोखरी, सशस्त्र प्रहरी गण कास्कीका राजेन्द्र विष्टलाई सशस्त्र प्रहरी १ नम्बर गण नक्साल, महोत्तरीका श्याम कृष्ण अधिकारीलाई प्रदेश पाँच दाङ, कर्णाली प्रदेश सशस्त्र प्रहरी गणका एसपी संजीव शर्मा दासलाई १ नम्बर ट्राफिक प्रहरी कार्यालय इटहरी, भक्तपुरका सविन प्रधानलाई प्रहरी प्रतिष्ठान महाराजगंज, धनकुटाका सुदर्शन कोइरालालाई बाग्मती प्रदेश हेटौंडा र इलामका हिराबहादुर पाण्डेलाई बजेट शाखा नक्साल सरुवा गरिएको प्रहरी मुख्यालयले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !